Skip to content
Janadisha Logo
१४ कार्तिक २०८२, शुक्रबार

सहकारी ठग छविलाल जोशीलाई पाँच दिन थुनामा राख्न अनुमति

भिजिटर संख्या लोड हुदैछ...

पोखरा,७ असोज। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। कास्की प्रहरीको आग्रह स्वीकार्दै जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले सो अनुमति दिएको हो।

प्रहरीले उनीमाथि पोखरा ४, नालाकोमुख स्थित संचालनमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको सेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधान विपरित हिनामिना एवं अपचलन गरेको साथै सहकारी संस्थाबाट गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्क प्रालि (ग्यालेक्सी टेलिभिजन) मा लगानी गरी सहकारी ऐनले परिभाषित ठगी सम्बन्धी कसूर गरेको आरोप लगाएको छ।

जोशी गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापकर सेयर सदस्य तथा संचालक हुन्। अदालतमा जोशी पक्षका कानून व्यवसायीहरुले अनुसन्धान प्रक्रियामा सघाउन जोशी तयार रहेकाले थुनामा हैन, बाहिर नै दैनिक हाजिरीमा राखेर अनुसन्धान गर्ने व्यवस्थाको माग गरेका थिए। तर, त्यो मागको सुनुवाइ भएन।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्