संविधान संशोधन
माओवादी केन्द्र
#हेटौँडा #काठमाडौं #सडकअवरुद्ध #वैकल्पिकमार्ग #मकवानपुर
#हिक्मतकुमार कार्की
#स्वास्थ्य बिमा
#सुधिर

एमाले पार्टीभित्र व्यक्तिवादी चरित्र हावी हुँदा अराजकता बढ्याे : प्रदीप ज्ञवाली

काठमाडौं,११ असोज। पुराना राजनीतिक दल अब काम लाग्दैनन् भन्ने भाष्य निर्माण गरेर जनतामा निराशा र अराजकता बढाइएको भन्दै एमालेले चिन्ता व्यक्त गरेको छ ।

__________ बिज्ञापन____________

अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकमा उपस्थित भएका एमाले उपमहासचिव तथा स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले पार्टी भित्र व्यक्तिवादी चरित्र हावी हुँदा अराजकता बढेको बताएका छन् ।

Advertisement

उनले भने, ‘अहिलेको हाम्रो मुख्य समस्या भनेकै अराजकता हो । विधिमा नचले पार्टी बन्दैन नेताहरुमा सामूहिक हित भन्दा व्यक्तिवादी चरित्र हावी भएको छ । गएको निर्वाचनमा त्यसै प्रवृत्तिले सोचे जस्तो परिणाम आउन सकेन ।’

पार्टी भित्रका आन्तरिक कुरालाई संगठनमा छलफल गर्नुभन्दा सामाजिक सञ्जालमा पोख्ने प्रवृत्ति बढेको र पब्लिक फिगरले परामर्श बिना बोलिदिने गर्नाले पार्टी विरुद्ध गलत भाष्य निर्माण गर्न बाह्य तत्वलाई सहज भएको उनको भनाइ छ ।

नेता ज्ञवालीले एमालेको दशौं महाधिवेशनले पारित गर्ने कार्यदिशाका बारेमा चर्चा गर्दै अदेशको ग्रामिण अर्थतन्त्र महिलाको हातमा रहेकाले त्यसलाई ध्यानमा राखेर अनेमसंघले पनि आगामी कार्यदिशा बनाउनु पर्ने सुझाव दिएका छन् ।

दुई दिन सम्म चल्ने केन्द्रीय कमिटी बैठकको अध्यक्षता गर्दै अनेमसंघ अध्यक्ष टुकाभद्र हमालले अनेमसंघको अबको कार्यदिशा संगठन विस्तार रहेकाले वडा र टोल स्तर सम्म महिला सदस्य बढाउन बैठकमा सहभागी नेताहरुलाई निर्देशन दिइन् । उनले नेकपा एमालेको आगामी निर्वाचनको मिशन ८४ अभियानमा महिला उम्मेदवार ५० प्रतिशत पुर्‍याउन एमालेको कुल सदस्य संख्यामा आधा महिला महिला सदस्य पुर्‍याउनुपर्ने लक्ष्य लिएको बताइन् ।

अनेमसंघले आगामी निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार बनाउने नीति सहित अभियान सुरु गरेको छ । उनले जिल्ला, पालिका र वडाहरुमा पार्टीका महिला सदस्यहरुको रेकर्ड राखेर केन्द्रमा पठाउन निर्देशन दिइन् । केही जिल्लाहरुवाट महिला सदस्य संख्याको डाटा केन्द्रमा आइसकेको जानकारी पनि गराइन् ।

बैठकमा अनेमसंघ इन्चार्ज सीता पौडेल, पदाधिकारीहरु सहित देशभरवाट केन्द्रीय सदस्यहरु सहभागी भएका छन् ।

बैठकमा आगामी कार्ययोजना निर्माण गरिने छ, सचिवालयले गरेका निर्णय पारित गर्दै पार्टी र जनसंगठन बीचको अन्तरसम्बन्धका विषयमा समेत चर्चा गरिने प्रचार तथा प्रकाशन विभाग उप प्रमुख श्रृजना आचार्यले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

भारत–चीन व्यापारिक समझदारीबारे समाजवादी मोर्चाको आपत्ति, सीमा विषयमा सरकारलाई कूटनीतिक पहलको आग्रह

लिपुलेक अतिक्रमणविरुद्ध पोखरामा पाँच दलको संयुक्त विरोध प्रदर्शन हुने

इतिहासको छाँयामा बर्तमानको स्वागत : जे एस धिताल

नेकपा (माओवादी केन्द्र) अन्नपूर्ण गाउँ समितिको बैठक सम्पन्न

नेपालको युगान्तकारी परिवर्तनमा प्रचण्डको योगदान

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ : अध्यक्ष प्रचण्ड

प्रचण्डमाथिको प्रहार पार्टीमाथिको प्रहार हो:वर्षमान पुन `अनन्त´

सिन्धुपाल्चोकका ‘अजित’ माओवादी केन्द्रमा पुनः सक्रिय