Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

लगातारको वर्षाका कारण ९ जिल्लामा नदीहरूले खतराको तह पार गरे

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौ,१२ असोज। शुक्रबार बिहानदेखि लगातार परेको वर्षाका कारण विभिन्न नदीहरूले ९ जिल्लामा खतराको तह पार गरेका छन्।

बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ, नारायणी, बागमती, र कोशी नदीका केही स्थानहरूमा पानीको वहाब खतराको तह नाघेको छ। तिनाउ नदी रूपन्देहीमा र नारायणी नदी चितवनमा खतरा स्तर पार गरेको छ।

बागमती नदीले काठमाडौंको बालकुमारी (मनोहरा), भक्तपुरको जगाती र कौशलटार (हनुमन्ते), ललितपुरको खोकना, र रौतहटको पधेरादोभानमा खतराको तह पार गरेको छ।

यस्तै, बाराको महेशपुरमा पसाहा खोलाले, धनकुटामा अरूण नदीले, र सिन्धुलीमा सुनकोशी नदीले खतरास्तर पार गरेको महाशाखाले जनाएको छ। केही नदीमा पानीको वहाब अझै बढ्दो छ भने केहीमा स्थिर रहेको छ।

त्यस्तै, कपिलवस्तु, तनहुँ, चितवन, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, धनकुटा, सुनसरी, र झापाका विभिन्न नदीहरूमा पानीको सतर्कता तह पार भएको महाशाखाले जनाएको छ।

 

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्