Skip to content
Janadisha Logo
१७ फाल्गुन २०८२, आईतवार

डिभी २०२६ लोटरी आवेदन मिति घोषणा, एकभन्दा बढी आवेदन अयोग्य हुने चेतावनी

भिजिटर संख्या लोड हुदैछ...

अमेरिकी सरकारको विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले डिभी लोटरी आवेदन खुल्ने मिति घोषणा गरेको छ। आगामी अक्टोबर २ बुधबार मध्यान्ह १२ बजेदेखि न्युयोर्क समय अनुसार नोभेम्बर ५ मध्यान्ह १२ बजेसम्म डिभी लोटरी आवेदन दर्ता गर्न सकिनेछ। ब्यूरोले एक व्यक्तिले दर्ता अवधिमा एकभन्दा बढी आवेदन पेश गरेमा सबै आवेदन अयोग्य ठहरिने चेतावनी दिएको छ।

डिभी २०२६ का लागि हाल अँग्रेजीमा कार्यक्रम निर्देशिका उपलब्ध गराइएको छ, र थप भाषाहरूमा अनौपचारिक अनुवादहरू पनि उपलब्ध गराइनेछ। यस वर्ष क्युबा डिभी लोटरीका लागि अयोग्य रहेको छ, जबकि अन्य देशहरूको योग्यतामा विगतका वर्षहरूमा जस्तै कुनै परिवर्तन गरिएको छैन।

 

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्