Skip to content
Janadisha Logo
१८ फाल्गुन २०८२, सोमबार

त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा स्थगित

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं, १२ असोज। त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा स्थगित गरेको छ। मिति २०८१/०६/१० गते देखि सञ्चालनमा रहेको मानविकी, शिक्षाशास्त्र, तथा व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातक तह दोस्रो वर्ष २०८० आंशिक तर्फको बि.ए., बि.एड, बि.बि.एस. र बि.एस्सीको मिति २०८१/०६/१३ गते हुने परीक्षाहरू  मौसमको प्रतिकुलताका कारण स्थगित गरिएको हो।


विश्वविद्यालयले उक्त परीक्षाहरू मिति २०८१/०६/२१ गते सोही समयमा, सोही परीक्षा केन्द्रहरूमा सञ्चालन हुने गरी तोकिएको व्यहोरा निर्देशानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै सम्पूर्ण केन्द्राध्यक्षज्यूहरूलाई यही सूचनालाई आधिकारिक मानेर मिति २०८१/०६/१३ गते हुने गरी उल्लेख गरिएका सम्पूर्ण प्रश्नपत्रहरूका प्याकेटहरु नखोली सुरक्षित साथ मिति २०८१/०६/२१ गते प्रयोग गरिदिन हुन अनुरोध गरिएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्