Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

सप्तकोशीमा ५६ वर्षयताकै उच्च जलस्तर, उच्च सतर्कता जारी

भिजिटर संख्या लोड हुदैछ...

सुनसरी,१३असोज। सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ। कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार आज बिहान ३ बजे गरिएको मापनमा नदीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार ५ सय ४० क्युसेक पुगेको छ। यसअघि सन् १९६८ अक्टोबर ५ मा सात लाख ८८ हजार दुई सय क्युसेकको रेकर्ड बनाइएको थियो।पानीको सतह निरन्तर बढ्दै गएपछि कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएका छन्। जलसतह खतराको तहभन्दा ११.२६ मिटर माथि पुगिसकेको र अझै बढ्ने सम्भावना रहेकोले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।

सप्तकोशी नदीको जलस्तर खतराको तह नाघेपछि उदयपुर, सुनसरी र सप्तरीका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। कोशी ब्यारेज भएरको आवागमन अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गरिएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्