Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

देशमा बाढी पहिरो आउँदा प्रधानमन्त्री ओली अमेरिकामा !

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं,१३ असोज। अविरल वर्षाका कारण देशभर आएको बाढीपहिरोले जनजीवन अस्तव्यस्त बनेको छ। ठूलो जनधनको क्षति हुँदा पनि सरकार भने अनुपस्थित जस्तै देखिएको छ। विद्यार्थी नेता रञ्जित तामाङले सरकारको यो गैरजिम्मेवारीपूर्ण व्यवहारको कडा शब्दमा आलोचना गरेका छन्।
तामाङले भनेका छन्, “रोम जलिरहँदा निरो बाँसुरी बजाउँदै थिए भनेझैँ, हाम्रो देश डुबिरहँदा, बगिरहँदा प्रधानमन्त्री ओली अमेरिकामा गफका गड्डी हाँकि रहेका थिए। यति ठूलो जनधनको क्षति भएको बेला कहिकतै सरकार देखिएन, भेटिएन। यो निकम्मा, नालायक सरकारको जति भर्त्सना गरे पनि कम हुन्छ।”
बाढीपहिरोमा परेर हजारौँ मानिस विस्थापित भएका छन्, सयौँले ज्यान गुमाएका छन्। तर, सरकारले प्रभावकारी उद्धार तथा राहतको काम गर्न सकेको छैन। यसबाट प्रष्ट हुन्छ कि सरकार जनताको दुःखमा साथ दिन असफल भएको छ।
विपद्को यस्तो घडीमा पनि सरकारका प्रमुख व्यक्ति विदेश भ्रमणमा रमाउनुले जनतामा निराशा छाएको छ। तामाङले सरकारलाई तत्काल प्रभावित क्षेत्रमा पुगेर राहत तथा उद्धारको कामलाई तीव्रता दिन माग गरेका छन्। साथै, दीर्घकालीन रूपमा बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउन पनि उनले जोड दिएका छन्।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्