Skip to content
Janadisha Logo
२७ फाल्गुन २०८२, बुधबार

पूर्वाधार विकासमा कमजोरीका कारण काठमाडौंमा ठूलो क्षति:प्रचण्ड

भिजिटर संख्या लोड हुदैछ...

भक्तपुर, १५ असोज। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकामा भएको बाढीले पुर्‍याएको क्षतिको प्रमुख कारण पूर्वाधार विकासमा देखिएको कमजोरी भएको बताएका छन्।
भक्तपुरको हनुमन्ते खोला लगायत बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि प्रचण्डले भने, “हनुमन्ते खोलाको किनारमा पर्खाल नबन्नु नै यस क्षेत्रमा ठूलो क्षति हुनुको मुख्य कारण हो। यसले सयौँ किसानको बालीनाली नष्ट भएको छ।” उनले भौतिक पूर्वाधार निर्माणमा देखिएको ढिलासुस्ती र कानुनी अड्चनका कारण यस्तो अवस्था आएको बताए।
प्रचण्डले ललितपुरको नख्खु खोलाको अवस्था पनि उस्तै रहेको बताउँदै काठमाडौं उपत्यकाभरि नै यस्तै समस्या रहेको बताए। उनले भने, “ठूला योजनाहरूमा देखिएका कानुनी समस्या समाधान गर्न संघीय सरकारले पहल गर्नुपर्छ।”

प्रचण्ड

प्रचण्डले सरकारले विपद्को पूर्वानुमान गरेर आवश्यक तयारी नगरेको भन्दै सरकारको आलोचना गरे। उनले भने, “मैले असोज ९ गते नै सरकारको ध्यानाकर्षण गराएको थिएँ, तर सरकारले बेवास्ता गर्‍यो।”
प्रचण्डले अब सबै दल र सरोकारवाला एकजुट भएर बाढी पीडितको उद्धार र पुनर्स्थापनामा लाग्नुपर्ने बताए। उनले भने, “सरकारले यो कामलाई युद्धस्तरमा अघि बढाउनुपर्छ। हामी सरकारलाई सहयोग गर्न तयार छौँ।”

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्