संविधान संशोधन
माओवादी केन्द्र
#हेटौँडा #काठमाडौं #सडकअवरुद्ध #वैकल्पिकमार्ग #मकवानपुर
#हिक्मतकुमार कार्की
#स्वास्थ्य बिमा
#सुधिर

राजा मिश्र र प्रचण्ड !

काठमाडौं,१६ असोज। त्यसो त सामन्तवाद सर्प जस्तै हुन्छ । सर्पको शिर शरिरबाट अलग गरेको केही समयसम्म पनि पुच्छर हल्लाउने क्षमता राख्छ । हाम्रोमा श्रीमानका शिरबाट श्रीपेच खोसिएको धेरै भएको छैन । यसकारण कहिलेकाही यिनका सपनामा श्रीपेच आउनु र हुन्छ हुन्छ भन्दै जनता झुक्याउनु यिनको नियती हो ।
माओवादी विरुद्ध सबैभन्दा उत्तेजक शब्द खोजेर प्रशारण गर्न सकेकै कारण बिबिसी पुगेका पत्रकार मनुज चौधरी उर्फ रविन्द्र मिश्र गणतन्त्र मन्दिरको माथिल्लो तलामा पुगेर गणतन्त्र नायकलाई चिया भेट गर्न पाउनु उनको जिवनै सबैभन्दा ठूलो उपलब्धी हो । तर मन्दिरको भुँई छाडेर बाहिर निस्किए पछि जे जस्ता भ्रमहरु श्रृजना गर्ने कोशिस भए ती खेदका लागि योग्य छन् । माओवादी जान्दछ, कम्युनिष्टहरुका विरुद्ध घेराबन्दी सामन्तवाद, पुँजीवाद र साम्राज्यवादको कहिल्यै नटुंगिने शिलशिला हो । यो सामरिक, आर्थिक सामाजिक र प्रचार सबैक्षेत्र र विन्दुमा छ । आजको माओवादी राजावादी धङधङी, संशोधनवादको षडयन्त्र र कठमुत्लावादको घेरा पन्छाएर खडा भएको शक्ति हो । दलहरुको रैथाने दलदलबाट निस्किएर समृद्धि र सुशानको लागि निर्माण भएको अगुवा हो । यो यस्ता प्रायोजित प्रचार आतंकबाट भयभित हुँदैन ।
मनुजजीलाई थाहा होला युद्ध नै सबैभन्दा बढी छलफल र बहसको मैदान हो । यहाँ जितेजिते जस्तो वा हारेहारे जस्तो हुँदैन । कि जितिन्छ, कि हारिन्छ । कि मरिन्छ कि मारिन्छ । यस्तोमा बहसका लागि लाखौ विषय हुन्छन् । विजयका लागि हजारौं तरिका चाहिन्छन् । सामन्तवादले सिकेको फुटाउ र लुट हो । माओवादीले सिकेको अन्तर विरोधको सही परिचालनमार्फत आफ्नो मोर्चाको सवलीकरण हो । मुख्य दुश्मनका विरुद्ध सहायक दुश्मनसँगको अस्थायी मिलाप यो युद्धमा हुने छोटो संयोग हो । त्यस्तोमा राज्यसँग लडिरहेको माओवादी राज्यका विविध शक्तिसँग अन्तरविरोध बनाउन नलाग्ने कुरै थिएन । पत्रकार मुनजलाई थाहा भएनकि एकपटक माओवादीले खेतला होइन तिनका मालिसँग वार्ता होस् भन्ने चाहन्थ्यो । त्यहि विज्ञप्तिले युद्धमा नयाँ मोड दिएको थियो र राजा आफै अभिनन्दनको अभियानमा निस्किएका थिए । तर माओवादी गणतन्त्रको लागी अडिग थियो ।
राजा विरेन्द्रले माओवादीमाथि सेना परिचालन गर्न अस्विकार गरे । उनी सेना आन्तरिक युद्धमा परिचालित हुन हुँदैन भन्ने विचार राख्थे । यसकारणनै उनको हत्या देशीविदेशी शक्ति मिलेर गरे । राजा विरेन्द्रका बारेमा यदाकदा एउटा बहस हुन्थ्यो । के राजा कम्वोडियाका राजा नरोदम सिहानुक बन्न सक्छन् ? के सामन्तवादको मियो आफै गणतन्त्र घोषणा गरेर जमिनमा उभिन सक्छ ? के राजा विद्रोही सेनाको सहयोगी बन्न सम्भव छ ? तर यी माओवादी आन्दोलनको मूल बहसका विषय थिएनन् । मुल विषय त समुलरुपमा सामन्तवाद अन्त्यका उपायहरुको अवलम्बन थियो । लामो समयदेखि मुलुकको दोहन गरेको राजतन्त्र र त्यो संरक्षित हिजडा सामान्तवादको पूर्ण विस्थापन थियो । माओवादी भित्र अर्काे बहस पनि थियो । मनुज चौधरीलाई थाहा नभएको । के नेपाली सेना हार्दै गए पछि भारतीय सेना नेपाल प्रवेश गर्छ । यदि त्यसो भयो भने के हुन्छ । उत्तर सरल थियो नेपाली सेनासँग जनमुक्ति सेनाले सहकार्य गरेर पहिला देश जोगाउँछ । यी र यस्ता विषयहरु युद्धमा आउथे र जान्थे तर माओवादी मुलुक र राष्ट्रियताप्रति उति नै सम्वेदनशिल थियो जति पेलिस्टाइनका नेता यासेर अराफात थिए । एक पटक यासेर आराफातले भनेका थिए । म एक हातमा जैतुनको पात र अर्काे हातमा पेस्तोल बोकेर उभिएको छु । जैतुन शान्ति र मेलमिलापको प्रतिक हो भने पेस्तोल युद्धको प्रतिक युद्धमा यस्तो हुन्छ शान्तिका सर्तहरु हुन्छन् भने युद्धका उद्देश्यहरु । माओवादी उद्देश्यप्रति सँधै दृढ छ र थियो । अहिले यो विषयलाई उप्काउनु वेलायत सबेका पत्रकारको दास युग फर्किन पाउँ भन्ने उजुरी हो । थाह होस् लोकतन्त्र उजुरीले चल्दैन ।
शब्द खेलाएका र केलाएका भनिएका मनुज चौधरीले गफमा प्रचण्डका जुँगा कसरी हल्लिए भन्ने सायद याद गरेनन् । उनले कसैको चित्त दुखाउन मन नपराउने प्रचण्डबाट आफु अनुकुल शब्द फुस्काउने मेहनत गरे । एक दुई ओटा उद्योग खोलेको बखान दिएर उद्योग बेचेको दुखेसो सुनाए । उद्योग खोल्नु राम्रो कुरा हो तर मुलुक लुट्नु अक्षम्य अपराध हो । त्यो अपराध राजतन्त्रले गरिरहेकै थियो । आज जनताको जे मन छ त्यसलाई राजा प्रतिको सम्मान बुझ्नु केटौले कुरा हो । सबाल भनिएको गतिमा मुलुक किन अगाडी बढेन भन्ने हो । सरकार फेरिइ रहने शिलशिलाबाट कहिले छुटकारा पाइन्छ भन्ने हो । रोजगार र अमनचयन किन मिलेन भन्ने हो । जनता यसबाट मुक्त हुन चाहन्छन् र त्यसका लागि आफ्नो अग्रसरतालाई निश्चित गर्छन् । त्यो अग्रसरता भनेको अर्काे धक्का, महाविपत्ती, क्रमभङ्ग र छलाङ हो । माओवादी जे चाहन्छ जमिन त्यस्तै त्यस्तै बन्दै गएकोप्रति माओवादी शिखर जानिफकार छ । यो उकुसमुकुस सन्नाटा र स्थिरताले त्यो तुफानको संकेत गर्छ भन्ने कुरामा विवाद छैन । तर त्यो तुफानले राजा बोक्दैन । स्वर्गबाट डोली चढेर राजतन्त्र फर्किदैन । बरु सामन्तवादका केही कुडा कर्कटहरु अझै थन्क्याउन बाँकी छ । मनुजजीलाई ज्ञान होस् यो तुफानले इतिहासको त्यो अधुरो कर्म पुरा गर्नेछ ।
संविधान संशोधनमा उफ्रिएकाहरु राजासँग हात मिलाउने पुल भत्काएर आएका छन् । भाँचिएको पुलको ठेट्नोमेट्नो खोज्न कसैलाई मन लागे त्यहाँ जनजनको रगतले बनेको धराप पनि छ । जो जुगजुग रहने छ । देश कस्ले बोक्छ भनेर भट्टीमा टेबुल ठोकेर हुँदैन । देश बनाउन त वीरता, अग्रसरता र योजना चाहिन्छ । देश जमिनमा छ, सम्भावनाका लाखौ कोपिलालाई सिङ्गार्न सक्ने संविधानले भनेको जन हकलाई सुरक्षित र सुनिश्चित गरिनुमा छ । अहिले संविधान संशोधनको मौसमि ज्वरोले कांग्रेस एमाले हनहनी भएका छन् । तर माओवादी बिना संविधान संशोधन सपनामा खोले खाए बराबर हो । कम्तिमा आजको संसदको गणित र कायम शक्ति सन्तुलनले त्यो मान्दैन । बालुवाटारको खेलले कसैलाई सातुको घैटोमा उद्देश्यपुर्तिको अधुरो सपना देखेको छ भने त्यो टुट्छ र घैटो फुट्छ । इतिहास यसरी नै बन्ने हो । रगतको आहाल टेकेर बनाइएको दस्तावेज कानमा सन्देश प्रवाह गर्ने दुष्ट किराको उत्तेजक ठट्टाले हल्लिदैन ।
समय अझै बाँकी छ भन्ने माओवादीलाई थाहा छ । धान नपाक्दै काट्नु उग्रता हो भने झर्न थालेपछि पनि नसमाल्नु संशोधनवाद वा वितृष्णावाद । माओवादी गौंडा कुर्ने कुरामा हतार गर्दैन र परिस्थितिलाई पहलकदमी फुस्किने गरी छिप्पिन पनि दिंदैन । ठोस परिस्थितिको ठोस विस्लेषण र पहलकदमी मार्फत श्रेष्ठता माओवादी इतिहास अलिकति पनि पढेकाले बुझ्ने विषय हो । काँग्रेस एमाले डाँडा माथिका घाम बन्न ठिक्क परेका दुई नामका एकै स्वार्थहरु हुन् । विगत् लामो समयदेखि चलिरहेको यो गोलचक्कर अब सकिन्छ र सकिनुपर्छ । नयाँले पुरानोलाई विस्थापित गर्ने हो । यो बिस्थापन माओवादीले गर्ने छ । क्रान्ति विज्ञानले त्यही भन्छ, क्रान्ति पछिको नेतृत्व क्रान्ति गरेकै शक्तिले गर्दछ । यसमा आदि इत्यादि हुँदैन । त्यो गोलचक्करको विस्थापन फेरि राजा आएर हुँदैन । प्रविधि र संचारको यो सघनता छाडेर मानिस ढुङ्गे युगमा फर्किन्छ भन्नु र राजा आउछन् भन्नु एकै हो । लामो साम्राज्यवाद नियोजित पत्रकारिताले मनुजलाई यति अबुझ बनायो होला भन्ने लाग्दैन । समाजवाद म¥यो भनेर १९९१ मा अमेरिकाले घोषणा गरे पनि फेरि तिनीहरु भिन्न परिस्थितिमा अंकुरित हुँदैछन् । चाहेर नचाहेर संसार फेरि अर्काे धु्रव सहित जन्मने निश्चित छ । अब बन्ने धु्रव भनेको समाजवादी धु्रव हो । यसको नेतृत्व वामपन्थीहरुले गर्ने हो । माओवादी त्यो धु्रवमा लामबद्ध हुन तयार छ । इतिहासको विशिष्टतामा प्रचण्ड नै त्यस्ता विश्व नायक हुन् जसलाई संसारलाई नयाँ समाजवादी विश्व दिनसक्छ । प्रचण्ड त्यसै प्रचण्ड भएका होइनन् । अराजकतावादी र पश्चगामीले प्रचण्डलाई अन्धाले छामेको हात्ती भन्दा अरु बुझ्न सक्दैनन् ।

__________ बिज्ञापन____________

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

भारत–चीन व्यापारिक समझदारीबारे समाजवादी मोर्चाको आपत्ति, सीमा विषयमा सरकारलाई कूटनीतिक पहलको आग्रह

लिपुलेक अतिक्रमणविरुद्ध पोखरामा पाँच दलको संयुक्त विरोध प्रदर्शन हुने

इतिहासको छाँयामा बर्तमानको स्वागत : जे एस धिताल

नेकपा (माओवादी केन्द्र) अन्नपूर्ण गाउँ समितिको बैठक सम्पन्न

नेपालको युगान्तकारी परिवर्तनमा प्रचण्डको योगदान

लेनिनवादी संगठनात्मक पद्धति : समाजवादी क्रान्तिको अनुशासित मार्गचित्र

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ : अध्यक्ष प्रचण्ड

प्रचण्डमाथिको प्रहार पार्टीमाथिको प्रहार हो:वर्षमान पुन `अनन्त´