पोखरा, १६असोज। नेकपा माओवादी केन्द्रको कास्की जिल्ला इन्चार्जमा रामजीप्रसाद बराल जीबनले निरन्तरता पाएका छन् । पार्टीभित्र देखिएको इन्चार्ज पदका लागि चलेको आन्तरिक विवाद केन्द्रीय कार्यालयमा पुगेको थियो।आज सो बिबादलाई अन्त्य गर्दै अध्यक्ष प्रचण्डले बराललाई पुनः यो जिम्मेवारी तोकेका हुन् ।
माओवादी केन्द्रको विभिन्न तहमा रही पार्टीको सेवा गर्दै आएका बराल यसअघि कास्की निर्वाचन क्षेत्र नं. ३ को इन्चार्ज थिए । केन्द्रीय सदस्यसमेत रहेका बराललाई पार्टीले कास्की जिल्ला इन्चार्जको जिम्मेवारी दिएसँगै काश्की जिल्ला पार्टी भित्रको बिबाद रुपान्तरण सहित एकता हुने अपेक्षा गरिएको छ ।
जिम्मेवारी पाए पश्चात बरालले कास्कीमा पार्टीलाई सुदृढ बनाउने, कर्ताकर्तालाई एकताबद्ध गर्ने र गुट उपगुटको सदाको लागि अन्त्य गर्ने बताएका छन् । उनले आफ्नो कार्यकालमा पार्टीलाई जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।