Skip to content
Janadisha Logo
१ माघ २०८२, बिहीबार

जापानस्थित नेपाली जनप्रगतिशिल मञ्चबाट बाढीपीडितका लागि १ लाख ७२ हजार २ सय ३६ रुपैयाँ सहयोग

भिजिटर संख्या लोड हुदैछ...

टोकियो,१७ असोज।नेपालमा हालै आएको भीषण बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले जापानस्थित नेपाली जनप्रगतिशिल मञ्चले १ लाख ७२ हजार २ सय ३६ रुपैयाँ नगद सहयोग गरेको छ।
मञ्चका सचिव जीवन पोखरेल कन्चनको संयोजकत्वमा सञ्चालित आपतकालीन राहत संकलन अभियानबाट उक्त रकम संकलन भएको थियो। संकलित रकम मञ्चका अध्यक्ष मोहन पौडेलमार्फत पार्टीको विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको छ।
मञ्चका पूर्वी एसिया प्रदेश सहसंयोजक डा. भूपालमान श्रेष्ठले यस प्राकृतिक विपत्तिको घडीमा सबै एकजुट भएर पीडितहरूलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “मानवीय संवेदना प्रदर्शन गर्दै मञ्चले गरेको यो सहयोग प्रशंसनीय छ।”
यसैगरी, मञ्चका जापान इन्चार्ज शालिकराम भण्डारीले अभियानमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले भने, “विपद्को बेलामा नेपाली समुदायले देखाएको एकताले हामी सबैलाई गौरवान्वित बनाएको छ।”

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्