Skip to content
Janadisha Logo
१ माघ २०८२, बिहीबार

विपद् संकटग्रस्त क्षेत्र घोषणामा सांसदको अपत्ति जनाए

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं, १९ असोज। सिन्धुपाल्चोकका प्रतिनिधि सभा सदस्यहरूले सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको नाम मात्रै समावेश गरेको भन्दै आपत्ति जनाएका छन्।
मिति २०८१ साल असोज १८ गते बसेको नेपाल सरकार, मन्त्रिपरिषदको बैठकले देशका विभिन्न १४ जिल्लाका ४१ वटा स्थानीय तहहरूलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो। तर, सिन्धुपाल्चोकमा असोज ११ र १२ गतेको भारी वर्षा, बाढी र पहिरोका कारण लिसंखु पाखर, सुनकोशी र जुगल गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै सदस्यहरूले यो निर्णय अपूर्ण र विना तयारी गरिएको बताएका छन्।
सदस्यहरूले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम २०७७ असोज ६ गते सिन्धुपाल्चोक र बागलुङ जिल्लालाई र २०७८ साउन ४ गते सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई नै ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको तथ्य स्मरण गराउँदै क्षति पुगेका स्थानीय तहहरुको यकिन तथ्यांकका आधारमा विपद संकटग्रस्त क्षेत्र घोषणाको कार्यलाई पुनरावलोकन गरी सूचिमा थप गर्न सम्वद्ध निकायहरुको गम्भीर ध्यानाकर्षण गराएका छन्।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्