Skip to content
Janadisha Logo
१८ फाल्गुन २०८२, सोमबार

पनौती नगरपालिकाका १०० घरधुरीलाई राहत सामग्री उपलब्ध

भिजिटर संख्या लोड हुदैछ...

काभ्रेपलान्चोक,२० असोज। काभ्रेपलान्चोकको पनौती नगरपालिकामा बाढीपहिरोबाट प्रभावित भएका करिब १०० घरधुरीलाई राहत सामग्री वितरण गरिएको छ। शनिबार वडा नम्बर २ र ३ का पीडित परिवारलाई लक्षित गरी उक्त राहत वितरण गरिएको हो।
राहत सामग्रीमा कपडा, खाद्यान्न लगायतका अत्यावश्यक सामग्रीहरू समावेश छन्। यी सामग्रीहरू समानुपातिक सांसदहरु उर्मिला माझी,  रुपा चौधरी, प्रेस सेण्टर नेपालका महासचिव सन्तोष पौडेल लगायतो सक्रिय सहभागिता रहेको थियो। राहत सामाग्रीमा विशेषगरी खाद्यान्न सामग्री सुमो कन्ट्रक्सन दुगड ग्रुपका प्रविण बोत्रा, रितिका दुगड र पूर्णमान नापितले उपलब्ध गराएका थिए।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्