Skip to content
Janadisha Logo
१८ फाल्गुन २०८२, सोमबार

उत्तम पण्डितको नयाँ व्यवसायलाई शुभकामना

भिजिटर संख्या लोड हुदैछ...

जापान,२२असोज। प्रेस सेन्टर नेपाल जापान शाखाका उपाध्यक्ष उत्तम पण्डितले जापानको चिबास्थित याचियोदाईमा नयाँ व्यावसायिक यात्रा सुरु गर्नुभएको छ। उहाँले स्टार रेष्टुरेन्ट एण्ड बार र स्टार स्पाईसी मार्ट सञ्चालनमा ल्याउनुभएको हो।
नेपाली समुदायको बाक्लो बसोबास रहेको याचियोदाईमा यी दुवै व्यवसायले नेपालीहरूलाई स्वादिष्ट नेपाली खाना र दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने अपेक्षा गरिएको छ। लामो समयदेखि जापानमा व्यवसाय गर्दै आउनुभएका पण्डितको यस नयाँ प्रयासलाई विभिन्न क्षेत्रबाट शुभकामना दिइएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्