Skip to content
Janadisha Logo
१७ फाल्गुन २०८२, आईतवार

बाँकेको कोहलपुरमा टाउकोविहीन शव फेला

भिजिटर संख्या लोड हुदैछ...

बाँके,२७ असोज। बाँकेको कोहलपुरमा चन्द्रबहादुर कामीको टाउकोविहीन शव फेला परेको छ।  कामीको शव आइतबार बिहान पौने २ बजेतिर भेटिएको हो।
प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। प्रहरीले घटनास्थल नजिकैको सिसिटिभी फुटेजमा एक युवक कालो प्लास्टिकको झोला बोकेर हिँडिरहेको देखेको छ। प्रहरीको आशङ्कामा झोलामा हत्या गरिएका व्यक्तिको टाउको हुन सक्छ।
हत्या गरिएका व्यक्ति सामान्य मजदुरी गर्थे। प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ।
यस घटनाले स्थानीयबासीमा त्रास फैलाएको छ। प्रहरीले हत्यारा पक्राउ गर्नका लागि खोजी कार्य तीव्र पारेको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्