संविधान संशोधन
माओवादी केन्द्र
#हेटौँडा #काठमाडौं #सडकअवरुद्ध #वैकल्पिकमार्ग #मकवानपुर
#हिक्मतकुमार कार्की
#स्वास्थ्य बिमा
#सुधिर

चितवनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, तीन घाइते

चितवन,२८असोज। पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा हिजो साँझ भएको मोटरसाइकल र स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्राप्त जानकारीअनुसार, खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको ना ४६ प ८२४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ५६ प ९१६९ नम्बरको स्कुटर एकापसमा ठक्कर खाएका थिए। दुर्घटनामा परी स्कुटर चालक खैरहनी नगरपालिका–१ बस्ने २१ वर्षीय दीपेश चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। उनलाई उपचारका लागि भरतपुरस्थित मनकामना अस्पताल लगिएको थियो।
दुर्घटनामा परी स्कुटरमा पछाडि सवार खैरहनी नगरपालिका–१ बस्ने २४ वर्षीय अर्जुन चौधरी गम्भीर घाइते भएका छन्। उनको नाक र मुखमा चोट लागेको छ र उनको उपचार मनकामना अस्पतालमा भइरहेको छ।
यसैगरी, मोटरसाइकल चालक खैरहनी नगरपालिका–१ बस्ने २२ वर्षीय अनिस बस्नेत र पछाडि सवार सोही ठाउँका २२ वर्षीय सुजेक दराई पनि घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

__________ बिज्ञापन____________

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

लिपुलेक अतिक्रमणविरुद्ध पोखरामा पाँच दलको संयुक्त विरोध प्रदर्शन हुने

इतिहासको छाँयामा बर्तमानको स्वागत : जे एस धिताल

नेकपा (माओवादी केन्द्र) अन्नपूर्ण गाउँ समितिको बैठक सम्पन्न

नेपालको युगान्तकारी परिवर्तनमा प्रचण्डको योगदान

लेनिनवादी संगठनात्मक पद्धति : समाजवादी क्रान्तिको अनुशासित मार्गचित्र

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ : अध्यक्ष प्रचण्ड

प्रचण्डमाथिको प्रहार पार्टीमाथिको प्रहार हो:वर्षमान पुन `अनन्त´

सिन्धुपाल्चोकका ‘अजित’ माओवादी केन्द्रमा पुनः सक्रिय