संविधान संशोधन
माओवादी केन्द्र
#हेटौँडा #काठमाडौं #सडकअवरुद्ध #वैकल्पिकमार्ग #मकवानपुर
#हिक्मतकुमार कार्की
#स्वास्थ्य बिमा
#सुधिर

पुंगी खोलामा पर्ने मापदण्ड विपरितका संरचना घरधनीले आफैले भत्काउन थाले

चितवन, कार्तिक १ । गत असोज २ गते भरतपुर महानगरले मापदण्ड विपरितका भोगचलन गरी निर्माण भएका संरचनाहरुमा डोजर चलायो । महानगरले डोजर चलाउदाँ धनजनको क्षति नपुग्ने गरी भत्काउने नीतिअनुसार सम्बन्धित घरधनीलाई एक हप्ताको समय सीमा दियो । दशैसकिए लगतै पुंगी खोला क्षेत्रमा पर्ने संरचना धमाधम घरधनीहरुले भत्काउन थालेका छन् । नारायणगढको लायन्स क्लबको पाँचतले भवन अहिले घरधनीहरुले भत्काइरहेका छन् । कामदारहरुले ट्रष्ट निकालेर ढलान फुटाउने काम गरी रहेका छन् । महानगरले पुंगी खोला सौन्दर्यकरण अभियान अन्तर्गत लायन्स भवनबाट डोजर चलाउन सुरु गरेको थियो । यो भवन सामाजिक संस्था लायन्स क्लब अफ नारायणगढले ३० वर्षअघि निर्माण गरेको थियो । नारायणगढ ओरालो सकिने स्थानमा रहेको भवन पुङ्गी खोलाको ८० प्रतिशत भाग र सडकको २० प्रतिशत भागको जग्गा ओगटेर निर्माण गरिएको थियो ।
भरतपुर महानगरपालिकाका इन्जिनियर सूर्य लामाले लयान्स भवन लगायत अन्य भवनहरु क्रमश घरधनी आफैले भत्काउन सुरु गरेको जानकारी दिनुभयो । अतिक्रमित संरचना हटाउन पटक पटकको सूचनामा भइसकेकाले आफै संरचना भत्काउन अनुरोध गरिएको उहाँले बताउनुभयो ।
घरधनीले अटेरी गरी संरचना नभत्काए महानगरको ऐन कानुनअनुसार जरिवाना लिइने उहाँको भनाई छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले पुंगी खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको उल्लेख गर्नुभयो । पुंगी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रुपैयाँ बजेट छुट्याएको छ।
‘अहिले घरधनीहरुले मापदण्ड विपरितका संरचना आफै भत्काइ रहनु भएको छ’,उहाँले भन्नुभयो,‘ यो खुसीको विषय हो । महानगरपालिका बल प्रयोग गरेर भत्काउने पक्षमा छैन । अटेर गरे बल प्रयोग गर्न बाध्य हुनेछौ ।’
महानगरपालिकाले मापदण्ड विपरितका संरचना भत्काउने र सँग सँगै सौन्दर्यकरणको कार्य पनि अघि बढाएको छ ।

__________ बिज्ञापन____________

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

लिपुलेक अतिक्रमणविरुद्ध पोखरामा पाँच दलको संयुक्त विरोध प्रदर्शन हुने

इतिहासको छाँयामा बर्तमानको स्वागत : जे एस धिताल

नेकपा (माओवादी केन्द्र) अन्नपूर्ण गाउँ समितिको बैठक सम्पन्न

नेपालको युगान्तकारी परिवर्तनमा प्रचण्डको योगदान

लेनिनवादी संगठनात्मक पद्धति : समाजवादी क्रान्तिको अनुशासित मार्गचित्र

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ : अध्यक्ष प्रचण्ड

प्रचण्डमाथिको प्रहार पार्टीमाथिको प्रहार हो:वर्षमान पुन `अनन्त´

सिन्धुपाल्चोकका ‘अजित’ माओवादी केन्द्रमा पुनः सक्रिय