काठमाडौ,५ कार्तिक। रवि लामिछानेको गिरफ्तार पछि सत्ता समीकरणले नयाँ मोड लिएको छ। यसको प्रत्यक्ष असर नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा देखिएको छ। हिजो मध्यरातसम्म बालुवाटारमा चलेको उच्चस्तरीय बैठकले यसको पुष्टि गर्दछ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्ना विश्वासपात्र नेताहरू परराष्ट्रमन्त्री आरजु राणा र महामन्त्री गगन थापालाई साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।
बालुवाटार बैठकमा एमालेका तर्फबाट प्रधानमन्त्री ओलीसहित अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेल सहभागी भएका थिए। यस बैठकमा समसामयिक राजनीतिक परिस्थिति र सरकारका नीति तथा कार्यक्रमबारे गहन छलफल भएको बताइएको छ।