संविधान संशोधन
माओवादी केन्द्र
#हेटौँडा #काठमाडौं #सडकअवरुद्ध #वैकल्पिकमार्ग #मकवानपुर
#हिक्मतकुमार कार्की
#स्वास्थ्य बिमा
#सुधिर

एमालेमा विवाद चर्कियो, पार्टी भवन निर्माणको विषयमा नेताहरूलाई स्पष्टीकरण

काठमाडौ,५ कार्तिक। नेकपा एमालेमा पार्टी भवन निर्माणको विषयलाई लिएर विवाद चर्किएको छ। पार्टीको निर्णयविरुद्ध उभिएको भन्दै तीन जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ।
आइतबार बसेको एमाले सचिवालय बैठकले पूर्व उपाध्यक्ष भिम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
एमाले महासचिव शंकर पोखरेलले पार्टीको निर्णयविरुद्ध अभिव्यक्ति दिएकाले उनीहरूलाई स्पष्टीकरण सोधिएको जानकारी दिए। उनीहरूले व्यापारी मीनबहादुर गुरुङबाट जग्गा दान लिएर पार्टी भवन निर्माण गर्ने निर्णय गलत भएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाएका थिए।
महासचिव पोखरेलले भने, “केन्द्रीय कार्यालयको भवन निर्माणको बहसमा पार्टी निर्णयको विरुद्धमा जाने नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ। पार्टीको नीतिसँग असहमत भइ विचार प्रकट गर्ने पूर्व उपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय छ। के कति कारणले त्यस्ता गतिविधि गर्नुभएको भन्ने सोधिएको छ।”
गत असोज २४ मा बसेको एमाले सचिवालय बैठकले व्यापारी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा सहित एक अर्ब बराबरको केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय गरेको थियो। उक्त निर्णयप्रति पाण्डे र तिम्सिनाले सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै यो निर्णयले पार्टीको स्वाभिमानमा चोट पुगेको बताएका थिए।
स्थायी कमिटी सदस्य पाण्डेले भनेकी थिइन्, “पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो।”
केन्द्रीय सदस्य तिम्सिनाले व्यापारीले बनाइदिएको महलभन्दा आफ्नै पसिनाले सिञ्चित भवन प्यारो हुने बताएकी थिइन्। उनले निर्णय फिर्ता लिन अनुरोध गर्दै भनेकी थिइन्, “हामीलाई कुनै व्यापारीले बनाइदिएको ठूलो महलभन्दा मदननगरमा जति मिल्छ त्यति नै आफ्नो पसिनाले सञ्चिएको भवन प्यारो र गर्विलो हुनेछ।”

__________ बिज्ञापन____________

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

भारत–चीन व्यापारिक समझदारीबारे समाजवादी मोर्चाको आपत्ति, सीमा विषयमा सरकारलाई कूटनीतिक पहलको आग्रह

लिपुलेक अतिक्रमणविरुद्ध पोखरामा पाँच दलको संयुक्त विरोध प्रदर्शन हुने

इतिहासको छाँयामा बर्तमानको स्वागत : जे एस धिताल

नेकपा (माओवादी केन्द्र) अन्नपूर्ण गाउँ समितिको बैठक सम्पन्न

नेपालको युगान्तकारी परिवर्तनमा प्रचण्डको योगदान

लेनिनवादी संगठनात्मक पद्धति : समाजवादी क्रान्तिको अनुशासित मार्गचित्र

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ : अध्यक्ष प्रचण्ड

प्रचण्डमाथिको प्रहार पार्टीमाथिको प्रहार हो:वर्षमान पुन `अनन्त´