संविधान संशोधन
माओवादी केन्द्र
#हेटौँडा #काठमाडौं #सडकअवरुद्ध #वैकल्पिकमार्ग #मकवानपुर
#हिक्मतकुमार कार्की
#स्वास्थ्य बिमा
#सुधिर

सरकार सय दिन भ्रष्टाचारीको संरक्षणमा केन्द्रित: प्रचण्ड

काठमाडौं, ७ कात्तिक। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनको सय दिनभित्र भ्रष्टाचारीको संरक्षणमा मात्रै ध्यान दिएको आरोप लगाएका छन्। आज बिहान नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरूसँगको भेटमा उनले सरकारको कामप्रति गम्भीर असन्तोष व्यक्त गरेका हुन्।

__________ बिज्ञापन____________

‘सरकारको सय दिन पूरा भइसक्यो। सरकार गठन हुँदा हामीले व्यक्त गरेका शंकाहरू सय दिनमै पुष्टि भएका छन्,’ प्रचण्डले भने, ‘यस अवधिमा न केवल विपक्षी दलहरू, तर नागरिक समाजका अगुवा र सत्तारूढ दलकै नेताहरूले पनि असन्तुष्टि जनाएका छन्। सरकारले गर्नुपर्ने काममा चुकेको र नगर्नुपर्ने काममा मात्रै केन्द्रित भएको छ भन्ने स्पष्ट देखिन्छ।’

Advertisement

प्रचण्डले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई उद्योगहरूको बक्यौता उठाउन खोज्दा हटाउन प्रयास गर्नु, सामान्य प्राविधिक त्रुटिका आधारमा उपसभामुख हटाउन खोज्नु र प्रधानमन्त्रीको दलले विवादास्पद व्यवसायीबाट जग्गा दान लिएको घटनाले सरकार भ्रष्टाचारको पक्षमा रहेको प्रमाणित गरेको बताए।

सरकारलाई सही मार्गमा ल्याउन पाँच विपक्षी दलहरूले राष्ट्रपति समक्ष ज्ञापनपत्र बुझाइसकेको उल्लेख गर्दै प्रचण्डले सरकारका गतिविधिप्रति थप ध्यानाकर्षण गराउन राष्ट्रपतिलाई भेट्ने तयारी रहेको जानकारी दिए। साथै, सरकारको गलत कार्यशैलीविरुद्ध सडकमा संघर्ष गर्ने चेतावनी पनि उनले दिए।

उनका अनुसार, आगामी कात्तिक १० गते बागमती, विशेष र समन्वय प्रदेश समितिहरूको आयोजनामा काठमाडौंमा खबरदारी सभा आयोजना हुँदैछ। प्रचण्डले पार्टीको पक्षमा देशभर सकारात्मक माहोल बन्दै गएको बताउँदै बुद्धिजीवी संगठनहरूलाई पनि आफ्नो भूमिका थप प्रभावकारी बनाउने आग्रह गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

भारत–चीन व्यापारिक समझदारीबारे समाजवादी मोर्चाको आपत्ति, सीमा विषयमा सरकारलाई कूटनीतिक पहलको आग्रह

लिपुलेक अतिक्रमणविरुद्ध पोखरामा पाँच दलको संयुक्त विरोध प्रदर्शन हुने

इतिहासको छाँयामा बर्तमानको स्वागत : जे एस धिताल

नेकपा (माओवादी केन्द्र) अन्नपूर्ण गाउँ समितिको बैठक सम्पन्न

नेपालको युगान्तकारी परिवर्तनमा प्रचण्डको योगदान

लेनिनवादी संगठनात्मक पद्धति : समाजवादी क्रान्तिको अनुशासित मार्गचित्र

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ : अध्यक्ष प्रचण्ड

प्रचण्डमाथिको प्रहार पार्टीमाथिको प्रहार हो:वर्षमान पुन `अनन्त´