Skip to content
Janadisha Logo
१७ फाल्गुन २०८२, आईतवार

मधेसी राष्ट्रिय मुक्तिमोर्चाको पर्सामा नयाँ जिल्ला समिति गठन

भिजिटर संख्या लोड हुदैछ...

वीरगन्ज,७कार्तिक। मधेसी राष्ट्रिय मुक्तिमोर्चाले पर्सा जिल्लाका लागि नयाँ ५१ सदस्यीय जिल्ला समिति गठन गरेको छ। बिन्दवासिनीमा भएको मोर्चाको भेलामा विद्यासागर यादवको अध्यक्षतामा समिति गठन गरिएको हो।
समितिको उपाध्यक्षमा दिनानाथ पटेल, शिवनाथ यादव, नरेश यादव, सगिर मियाँ गद्दी , सचिवमा महेश चौरसिया, सहसचिवमा गोविन्द चौधरी र कोषाध्यक्षमा मुकेश गुप्ता चयन भएका छन्। कार्यसमितिमा पदाधिकारी सहित ५१ सदस्यीय समिति रहेको छ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा मधेसी मुक्तिमोर्चाका इञ्चार्ज मातृका यादव, केन्द्रीय सदस्य तथा मधेस प्रदेश संसदीय दलका नेता भरत प्रसाद साह, मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपालका संयोजक जगत यादव लगायतले अविर र टिका लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका थिए।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्