संविधान संशोधन
माओवादी केन्द्र
#हेटौँडा #काठमाडौं #सडकअवरुद्ध #वैकल्पिकमार्ग #मकवानपुर
#हिक्मतकुमार कार्की
#स्वास्थ्य बिमा
#सुधिर

दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड

काठमाडौं, १० कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गर्नुभएको बताउनुभएको छ ।
माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले प्रतिपक्षको खबरदारीलाई बताउनुभएको हो ।
उहाँले सरकारले बाढीपहिरोको क्रममा चरम लापर्वाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत र पुनस्र्थापनामा लापर्वाही नगरोस् भनेर खबदारी गर्नुभयो । यो सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर दलालको घरघरमा गएर रातको १२ बजे बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आज सय दिन पुग्दा नपुग्दै आफूहरुले गरेको आशंका सरकार आफैले पुष्टि गरेको बताउनुभयो ।
आफूहरुले खबरदारीसभा राख्ने वित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उल्लेख उहाँले भन्नुभयो– ‘हामीले सरकार ढाल्न खबरदारीसभा गरेका होइनौं, बरु सरकार ढल्छ भनेर थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो ।’ माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उहाँले बरु आफूहरुले दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताउनुभयो ।
भ्रष्ट र जाली नेताहरुसँग लागेर माओवादी पनि के के हो भन्ने जनतालाई परेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकार ढालेर आफूहरुलाई सच्चिन मौका दिएको बताउनुभयो । अब आफूहरुलाई जनतामा फर्कने अवसर प्राप्त भएको उल्लेख गर्दै उहाँले जनताको पूर्ण मुक्ति नहुँदासम्म लडिरहने बताउनुभयो ।

__________ बिज्ञापन____________

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

लिपुलेक अतिक्रमणविरुद्ध पोखरामा पाँच दलको संयुक्त विरोध प्रदर्शन हुने

इतिहासको छाँयामा बर्तमानको स्वागत : जे एस धिताल

नेकपा (माओवादी केन्द्र) अन्नपूर्ण गाउँ समितिको बैठक सम्पन्न

नेपालको युगान्तकारी परिवर्तनमा प्रचण्डको योगदान

लेनिनवादी संगठनात्मक पद्धति : समाजवादी क्रान्तिको अनुशासित मार्गचित्र

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ : अध्यक्ष प्रचण्ड

प्रचण्डमाथिको प्रहार पार्टीमाथिको प्रहार हो:वर्षमान पुन `अनन्त´

सिन्धुपाल्चोकका ‘अजित’ माओवादी केन्द्रमा पुनः सक्रिय