काठमाडौं,१५ कार्तिक । नेकपा एमालेका उपमहासचिव तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीका नेता कार्यकर्ताले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिएका छन्। एमाले बागमती प्रदेश सम्पर्क समितिद्वारा आयोजित देउसी भैलो कार्यक्रममा बोल्दै उनले पार्टीको लक्ष्य प्राप्तिका लागि एकताबद्ध भएर काम गर्नुपर्ने बताए।
गुरुङले पार्टीले अघि सारेको ‘मिसन ०८४’ लाई सफल बनाउनका लागि सबै पक्षले योगदान दिनुपर्नेमा जोड दिँदै भने, “अहिले हामीले मिसन ०८४ भनेका छौँ। यस्तो पाराले मिसन ०८४ ले हावा खान्छ। त्यो पुरा गर्ने हो भने सबै वामपन्थीहरूको एकता अनिवार्य हुन्छ। माओवादी पार्टीसँग एकताको लागि पहल गर्नुपर्छ।”
उनले पार्टीका नेता कार्यकर्ताले आफ्ना कमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। पार्टी कार्यालय निर्माणका लागि भ्रष्ट र भ्याटछलीको मुद्दा खेपिरहेका व्यवसायी मिनबहादुर गुरुङले दिएको दाने जग्गाबारे पार्टीका नेता कार्यकर्ताहरूले उचित मूल्यांकन नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। गुरुङले कांग्रेस र एमाले मिलेर बनाएको सरकारले जनताको अपेक्षाअनुसार काम नगरेको भन्ने जनस्तरको दाबीलाई खण्डन गरे।