Skip to content
Janadisha Logo
१७ फाल्गुन २०८२, आईतवार

अजिरकोट गाउँपालिकामा स्कुल सेक्टर रिफर्म प्रोग्राम सुरु, शिक्षामा नयाँ युगको थालनी

भिजिटर संख्या लोड हुदैछ...

गोरखा, १९ कार्तिक। गोरखाको अजिरकोट गाउँपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि स्कुल सेक्टर रिफर्म प्रोग्राम सञ्चालन गरेको छ। गाउँपालिकाका शिक्षक, जनप्रतिनिधि र कर्मचारीका सन्तान सरकारी विद्यालयमा पढ्न नमानेपछि यस्तो कदम चालिएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले बताउनुभयो।
अध्यक्ष देवकोटाका अनुसार, “अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी, जनप्रतिनिधिलाई जिम्मेवार बनाई सुधार गर्नका लागि विद्यालय सुधार गर्न बालकक्षा देखि तीन कक्षा सम्म शैक्षिक सामग्री सहित अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न थालेका छौँ, दरबन्दी नभएका विद्यालयमा दरबन्दी कायम गरेका छौँ, स्थानीय सरकारको अधिकार क्षेत्र भित्र रहेको माध्यमिक तहसम्मको शिक्षा सुधार गर्ने जिम्मा पाएको हुनाले सम्भावना भएका सबै प्रयासहरु गरेका छौँ ।”
गाउँपालिकाले शिक्षामा गरेको लगानीको प्रतिफल आउन केही समय लाग्न सक्ने भए पनि अजिरकोटका नागरिकहरू विश्व स्तरका शैक्षिक जगतमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्ने लक्ष्य लिएको अध्यक्ष देवकोटाले बताउनुभयो।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्