संविधान संशोधन
माओवादी केन्द्र
#हेटौँडा #काठमाडौं #सडकअवरुद्ध #वैकल्पिकमार्ग #मकवानपुर
#हिक्मतकुमार कार्की
#स्वास्थ्य बिमा
#सुधिर

डा. महर्जन कीर्तिपुरको मेयरका लागि माओवादीको उम्मेदवार

काठमाडौं, २० कार्तिक।  नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगर समितिको हिजो सम्पन्न महत्वपूर्ण बैठकले आगामि मंसिरमा हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि प्राध्यापक डा. शिवशरण महर्जनलाई सर्वसम्मतिले उम्मेदवार बनाउने निर्णय गरेको छ।
उक्त बैठकमा पार्टी उपाध्यक्ष, प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज अग्नी प्रसाद सापकोटाको विशेष उपस्थिति रहेको थियो। उहाँले डा. महर्जनलाई विजयी बनाउन पार्टी कार्यकर्ता तथा आम  जनसमुदायलाई एकजुट भएर लाग्न आह्वान गर्नुभएको छ।
डा. शिवशरण महर्जनको उम्मेदवारीले कीर्तिपुरमा नयाँ युगको थालनी:
डा. शिवशरण महर्जन एक अनुभवी शिक्षाविद् तथा समाजसेवी हुनुहुन्छ। उहाँको उम्मेदवारीले कीर्तिपुरमा विकास, समृद्धि र सुशासनको नयाँ युगको थालनी हुने विश्वास पार्टीले लिएको छ।
कीर्तिपुरबासीलाई मतदानको अपिल:
नेकपा (माओवादी केन्द्र) ले कीर्तिपुरबासी सम्पूर्ण जनसमुदायलाई आउँदो उपनिर्वाचनमा गोलाकार भित्रको हँसिया हथौडा चिन्हमा मतदान गरी डा. शिवशरण महर्जनलाई विजयी बनाउन हार्दिक अपिल गरेको छ।

__________ बिज्ञापन____________

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

लिपुलेक अतिक्रमणविरुद्ध पोखरामा पाँच दलको संयुक्त विरोध प्रदर्शन हुने

इतिहासको छाँयामा बर्तमानको स्वागत : जे एस धिताल

नेकपा (माओवादी केन्द्र) अन्नपूर्ण गाउँ समितिको बैठक सम्पन्न

नेपालको युगान्तकारी परिवर्तनमा प्रचण्डको योगदान

लेनिनवादी संगठनात्मक पद्धति : समाजवादी क्रान्तिको अनुशासित मार्गचित्र

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ : अध्यक्ष प्रचण्ड

प्रचण्डमाथिको प्रहार पार्टीमाथिको प्रहार हो:वर्षमान पुन `अनन्त´

सिन्धुपाल्चोकका ‘अजित’ माओवादी केन्द्रमा पुनः सक्रिय