मकवानपुर,२४ कार्तिक। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कार्यकारी राष्ट्रपतिको माग राख्दै सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्। शनिबार मकवानपुरको थाहा नगरपालिकामा आयोजित पार्टी कार्यक्रममा बोल्दै दाहालले वर्तमान सरकारलाई जनताको सरकार नभएको आरोप लगाउँदै आगामी दिनमा देशभर आन्दोलनको आँधीबेरी ल्याउने बताउनुभयो।

प्रचण्डले आफ्नो नेतृत्वको पूर्व सरकारले भ्रष्टाचार विरुद्ध कदम चालेपछि आत्तिएका व्यक्तिहरूले एमाले र कांग्रेसलाई मिलेर सरकार बनाउन दबाब दिएको आरोप लगाउनु भयो। उहाँले आफू ५-७ वर्षसम्म स्वस्थ रहेसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था नआएसम्म आन्दोलन जारी राख्ने प्रतिबद्धता जनाउनु भयो।