संविधान संशोधन
माओवादी केन्द्र
#हेटौँडा #काठमाडौं #सडकअवरुद्ध #वैकल्पिकमार्ग #मकवानपुर
#हिक्मतकुमार कार्की
#स्वास्थ्य बिमा
#सुधिर

माओवादी केन्द्रको दाबी,भ्रष्टाचारलाई संरक्षण गर्ने सरकार आफैं ढल्ने:अग्नि सापकोटा

काठमाडौं, २७ कार्तिक। नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकार भ्रष्टाचारलाई संरक्षण गरिरहेको आरोप लगाउँदै यो सरकार आफैं ढल्ने दाबी गरेको छ।
सोमबार पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो दाबी गरेका हुन्।
सापकोटाले देशमा राम्रा काम गरिरहेका कर्मचारीहरूलाई हटाउने खेल भइरहेको भन्दै यसलाई गम्भीर चिन्ताको विषय बनाएका छन्। उनले देशमा असाधारण परिस्थिति उत्पन्न भएको बताउँदै यस्तो परिस्थिति सामना गर्न सबै राजनीतिक दलहरूबीच एकता र समझदारी हुन जरुरी रहेको बताए।
प्रवक्ता सापकोटाले सरकार राजनीतिक दलहरूलाई फुटाउने षड्यन्त्रमा लागिरहेको आरोप लगाउँदै संविधान संशोधन अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताए। उनले राष्ट्रियताको सवाल झनझन पेचिलो बन्दै गएको र लोकतन्त्रका मूल्य, मान्यता र आदर्श कुल्चिने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे।
सापकोटाले जनतालाई सही ढंगले परिवर्तन र अग्रगमनका पक्षमा दिशानिर्देश गर्न जरुरी रहेको बताउँदै माओवादी केन्द्र यस दिशामा प्रतिबद्ध रहेको बताए।

__________ बिज्ञापन____________

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

भारत–चीन व्यापारिक समझदारीबारे समाजवादी मोर्चाको आपत्ति, सीमा विषयमा सरकारलाई कूटनीतिक पहलको आग्रह

लिपुलेक अतिक्रमणविरुद्ध पोखरामा पाँच दलको संयुक्त विरोध प्रदर्शन हुने

इतिहासको छाँयामा बर्तमानको स्वागत : जे एस धिताल

नेकपा (माओवादी केन्द्र) अन्नपूर्ण गाउँ समितिको बैठक सम्पन्न

नेपालको युगान्तकारी परिवर्तनमा प्रचण्डको योगदान

लेनिनवादी संगठनात्मक पद्धति : समाजवादी क्रान्तिको अनुशासित मार्गचित्र

प्रचण्डमाथिको प्रहार पार्टीमाथिको प्रहार हो:वर्षमान पुन `अनन्त´

सिन्धुपाल्चोकका ‘अजित’ माओवादी केन्द्रमा पुनः सक्रिय