Skip to content
Janadisha Logo
१८ फाल्गुन २०८२, सोमबार

कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनका लागि दुई पार्टीबीच सहमति

भिजिटर संख्या लोड हुदैछ...

कीर्तिपुर, २०८१ मंसिर। कीर्तिपुर नगरपालिकामा मेयर र वडा नं. ९, १२ र ४ का वडाध्यक्षको पदपूर्तिका लागि आगामी २०८१ साल मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दुई प्रमुख राजनीतिक पार्टी, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबीच सहमति भएको छ।

आज भएको संयुक्त बैठकमा, दुवै पार्टीले निश्चित उम्मेदवारहरूको समर्थन गर्ने सहमति गरेका छन्। उम्मेदवारहरू नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न ‘हसियाँ हथौडा’ मा चुनावी मैदानमा उत्रनेछन्।

सहमतिको मुख्य बुँदाहरू यसप्रकार छन्:

१. मेयर र वडा नं. ९ का वडाध्यक्षका लागि नेकपा (माओवादी केन्द्र) का उम्मेदवारहरूलाई समर्थन गरिनेछ। मेयरका लागि प्रा. डा. शिव शरण महर्जन र वडा नं. ९ का वडाध्यक्षका लागि श्री सुरेश गोपाल महर्जनलाई उम्मेदवार बनाइनेछ।

२. वडा नं. ४ का वडाध्यक्षका लागि जनता समाजवादी पार्टीका श्री नारायण बिदारीलाई उम्मेदवार बनाइनेछ।

३. सबै उम्मेदवारहरू नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न ‘हसियाँ हथौडा’ मा चुनावमा सहभागी हुनेछन्।

 

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्