Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

शिक्षक महासंघ अध्यक्षको आह्वान: “थप इमान्दार र शसक्त बन्दै आन्दोलनमा सहभागी बनौं”

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं, वैशाख ९गते।नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किसोर सुबेदिले शिक्षकहरुलाई थप इमान्दार, अनुशासित र शसक्त बन्दै जारी आन्दोलनमा सक्रिय सहभागिता जनाउन आह्वान गर्नुभएको छ। उहाँले आफ्नो फेसबुक स्टाटसमार्फत आन्दोलनको २१औं दिनमा प्रवेश गरेको काठमाडौं केन्द्रित आन्दोलनबारे जानकारी दिँदै आन्दोलनलाई अझ प्रभावकारी बनाउन सम्पूर्ण शिक्षकहरुलाई समर्पित भावना सहित सहभागी हुन आग्रह गर्नुभएको हो।

अध्यक्ष सुबेदिले लेख्नुभएको छ, “हिजोको आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक तथा कर्मचारी मित्रहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं। आज पनि बिहान ९ बजे माइतीघर मण्डलामा उपस्थित हुन अनुरोध गर्दछौं।”

उहाँले आन्दोलनमा अनुशासन र मर्यादाको ख्याल राख्न, संस्थाबाट आउने आधिकारिक जानकारीमा मात्र विश्वास गर्न र बजारमा फैलिरहेका अनधिकृत अफवाहमा नपर्न आग्रह गर्नुभएको छ।

सुबेदिको स्टाटसमा “मेरो आन्दोलन, मेरो सहभागिता”, “बलियो सहभागिता, बलियो आन्दोलन – बलियो आन्दोलन, बलियो उपलब्धि” जस्ता नाराहरु प्रस्तुत गरिएका छन्।

काठमाडौं केन्द्रित आन्दोलन २१ औं दिनमा पुगेको छ भने, आन्दोलनकारीहरुको निरन्तर सहभागिता र प्रतिबद्धताले आन्दोलनलाई थप ऊर्जा मिलेको महासंघले बताएको छ।

 

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्