Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

काठमाडौमा गुडिरहेको बसमा आगलागी, मानवीय क्षति हुनबाट जोगियो

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं,बैशाख ११ गते। काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५, पिपलबोटस्थित ढुंगेअड्डा नजिकै सडकमा गुडिरहेको यात्रुवाहक बसमा आज आगलागी भएको छ।

कलंकीबाट थानकोटतर्फ गइरहेको पाँचपोखरी यातायातको ना २ख ९७८६ नम्बरको बस एक्कासि इन्जिनबाट आगलागी भएपछि पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए।

उनका अनुसार बसमा सवार यात्रुहरू सकुशल रहेका छन्। आगलागीपछि यात्रुहरू तत्काल बाहिर निस्किन सफल भएका थिए, जसका कारण मानवीय क्षति हुन पाएन।

घटनास्थलमा पुगेको चन्द्रागिरी नगरपालिकाको दमकल, पानी ट्यांकर, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहकार्यमा आगो नियन्त्रणमा लिइएको हो।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्