संविधान संशोधन
माओवादी केन्द्र
#हेटौँडा #काठमाडौं #सडकअवरुद्ध #वैकल्पिकमार्ग #मकवानपुर
#हिक्मतकुमार कार्की
#स्वास्थ्य बिमा
#सुधिर

इतिहासको छाँयामा बर्तमानको स्वागत : जे एस धिताल

साँचो कुरो यहि हो उनले कुनै जात ,धर्म ,लिंग, विभेद, छुवाछूत को कुरो नै गरेनन मात्र जुम्ला को भूगोल र रमणीय ठाउँहरुको सुन्दर बर्णन गरिदिए । गौरवका साथ खुसी ब्यक्त गर्नु पर्ने मुख्य कुरो उनलाई चिन्ने स्वदेशी तथा बिदेशी मानिसहरू माझ जुम्ला चिनाई दिए । हाम्रो पाहुना भएर आएकोमा न्यानो स्वागत र हार्दिक धन्यवाद सबै जुम्ला बासीको तर्फबाट ! देशको राज्यसत्ता परिबर्तनमा उनको कुनै भुमिका थिएन । नत उनले कसैलाई खोज र मार नै भनेका थिए । उनी त त्यस बेला केबल एउटा अबोध बालक मात्र थिए ? पूर्वराजाको परिवारमा जन्मे कै आधारमा गाली नै गरिहाल्ने काम कदापि राम्रो होइन तर यति बेला उनी जवान भइसकेका छ्न , उनको पारिबारिक वा नेपालको राजतन्त्रको इतिहासमा अढाइ बर्षको उमेरमा राजाको रुपमा राष्ट्र प्रमुख बनेको इतिहास छ । तुलनात्मक रुपमा यति बेला उनी शारीरिक ,मानसिक ,संबेगात्मक र बौद्धिक रुपमा परिपक्व जस्तै देखिन्छ्न । जीवन जगतलाई आफ्नो ढंगले बुझ्ने इतिहासको भौतिकबादी रुपले व्याख्या ,विश्लेषण र संष्लेषण गर्ने उनको बौद्धिकता हुनसक्ला वा नसक्ला तर हिजो उनका जिजुबाजेबाट शोषित र शासित जनताहरु द्वन्द्वात्मक भौतिकबादी ढंगले सोच्न बाध्य छ्न ।
उनका अग्रज सत्तामा हुँदा मलाई काठमाडौको जनता मात्र भए पुग्छ भनेको अभिव्यक्ति प्रत्यक्ष सुन्ने जुम्लीहरु पनि अझै जीउँदै छ्न । उनका बाबा राजधानीलाई देश माने पुग्छ भन्ने अझै नसा र मदिरामा लट्ठ पर्ने गाँजा तान्ने र केटी फेर्दै हिड्ने । छोरा चाहिँ राज्यकै दुर्गम र पिछडिएको बस्तीमा आएर एकै छिन भए पनि गैची र बेल्चा हान्ने कतै अहिलेको लोकप्रियताबादी सोच र दृष्टिकोण अनुसार डाटापूँजिबादको प्रयोग मार्फत टिकटक ,युटुब लगायत सामाजिक संन्जालमा भाइरल हुनलाई मात्र हो या बाबाको गलत अभिव्यक्ति प्रति माफि माग्न वा सस्तो लोकप्रियता देखाइ उनै जिवित सत्ताच्युत बाउ बाजेको इसारामा उनीहरुको गुमेको स्वर्गको बिरासत फर्काउन गर्ने प्रयत्न हो कि ?
तमाम गणतन्त्रबादी र लोकतान्त्रिकबादी नायकहरु जसले उनका बाबु बाजेसँग ब्याबस्था बदल्न टाउकोमा कफन बाँधेर जनयुद्धमा सरिक भएका थिए , थुप्रै मारिए, बेपत्ता पारिए तर केही जिवत पनि छ्न , कयौं घाइते अपांग पनि छ्न । उनीहरुका अनुसार अहिले देशभर दक्षिणपंन्थी बिचलनबादी हाबा चलिरहेको छ झुटको खेती र भ्रमको ब्यापार मौलाई रहेको छ । त्यसमाथि जुम्ला इपिसेन्टर नै बन्न पुगेको छ । हिजो त्यतिबेला मातृशिशु मृत्युदर उच्च थियो | सबै आमाहरू घरमै अझै भन्ने हो भन्ने गाई गोठमा सुत्केरी हुन्थे । त्यसताका मानिसहरुलाई पनि बर्तमानका गाई, भैंसी ,भेडा ,बाख्रा सरह पनि सुबिधा थिएन । त्यति बेला उनका जिजुबाजेहरुलाई जुम्लाको याद किन आएन ! उनीहरुको नजरमा जुम्ला सधैं उत्पीडनमा रहयो । अहिले प्रतिकुल समयमा जुम्ला र जुम्ली किन प्रिय भए ? बाजे आउनै पर्ने , आमा आउनै पर्ने ,छोरो नाति आउनै पर्ने ,लावा लश्कर आसेपासे आउनै पर्ने , गीत गाउनै पर्ने नाच्नै पर्ने ? एउटा दार्शनिकको भनाई छ  “”झुपडी बाट दर्शन को शुरूवात हुन्छ र भोकानाङ्गाहरुबाट क्रान्ति हुन्छ “” भन्ने दर्शनको प्रयोग जुम्लामा गर्न खोजिएको बुझाई आम गणतन्त्रबादी बाम बुद्धिजीवीको छ । तर इतिहासका पाना खोलेर हेरौं जुम्लाले भाषा ,संस्कृति ,संस्कार र शिक्षा बिश्वलाई दिएको थियो । उत्पादनको हिसाबले जुम्लाको खेतमा मार्सीधान जो हिजो पुराना शासकहरुले हुलाकबाट मगाएर काठमाडौ मा जिउनार गर्थे । बारिमा स्याउ ,सिमि ,ओखर ,आरु , वनजङ्गलमा गुच्छी च्याउ तथा बहुमुल्य जडिबुटी र हिमालमा जिवनबुटी यार्सागुम्बा लगायत प्रशस्तै चिजबिजहरु पाइन्छन । यी चिजहरु गणतन्त्र स्थापना हुदै गर्दा र उनका पुर्बजले गद्दी छोड्दैमा उम्रन थालेका होइन यसको प्रचार सामान्ती शासन कालमा किन भएन ? जुम्ली गरिब कहिल्यै थिएनन । औद्योगिक उत्पादनको अभाब र कृतिम भोकले ग्रसित बनाइ देश बिदेश सम्म जुम्ली फोहोरि र गरिब हुन्छ्न भन्ने दुश्प्रचार र भ्रम फिजाइको सत्ताच्युत सामान्ती बर्ग उनकै पुर्खाले हो । हरेक दुईजना व्याक्तिमा एउटा लाई मानिस अर्कोलाइ जुम्लिको नाममा दोस्रो दर्जाको नागरिक उनकै जिजुबाजेले बनाएको हो । किनकी सिंजाले काठमाडौ आक्रमण गरेको थियो तत्कालीन नेपाल हालको उपत्यकालाई सिंजा राज्यमा एकीकरणको प्रयास गरेको थियो । युद्ध धर्मको विधि र नीति बिपरित बडादशैंको बेला खस सेनाहरुलाई चाडपर्व मनाउन घरबिदा दिइएको मौका छोपी सिंजा राज्यमाथि आक्रमण गरिएको थियो । प्रतिक्रान्तिको डर ले राज्य भरिका १० बर्ष माथिका सम्पुर्ण पुरुषहरुको टाउको काटिएको थियो । सिंजा उपत्यका लाई नरमुन्ड र रक्त ताल बनाइएको थियो । हिमा नदी महिनौं दिन सम्म मानव रक्त बाहिनी बनेको थियो । इतिहासको भौतिकबादी ढंगले अध्यायन अनुसंधान ,व्याख्या विश्लेषण गर्ने हो भने कतिथ प्रताप सिंह शाहको शासन काल र बहादुर शाहको नायबिकालमा कथित शिबनारायण खत्रीको नेतृत्वमा वि. सं. १८४७ मा खटाइएको त्यो गोर्खाली फौजले सिंजा राज्य मा क्रूर नर संहार मात्र मच्चाएन राज्य भरिका अधिकांस मानिसहरुको बंश बिनास र महिलाहरुलाई शारीरिक मानसिक रुपमा बिछिप्त बनाइदियो । जीउँदै भए पनि आत्मदाहा गर्दो खेलाइदियो | लालाबालाहरुको बिचल्ली बनायो । सिंजा सभ्यता र संस्कृतिको नास पार्यो । सिंजाका कुसल कालिगडहरुलाई बन्दिको रुपमा लिई काठमाडौं कलाले सजायो । इतिहास जित्नेको हुन्छ हार्नेको अस्तित्व नामेट हुन्छ ।कालान्तरमा जुम्ला दुर्गम , जुम्ली फोहरी , अशिक्षित , असंस्कारिक आदि नामको भ्रम फैलाइयो । सिंजा राज्य बलियो थियो शाह बंशलाइ चुनौती थियो । त्यसकारण छ्ल कपट ले कब्जा गरियो । तर बर्तमानमा राजनीति दलको अलोकप्रियता र जनतामा उत्पन्न भएको निराशाको कारण सबक सिकाउन र सचेत बनाउन बहुमत जुम्ली जनताले गणतन्त्रबादी राजनीतिक दलहरुलाइ बहिष्कार गरेकै हुन तर यसको मतलब यो ठाउँबाट प्रतिक्रान्तिको संभावना छ भन्ने होइन ।
हिजोका दिनहरुमा उनिहरुले आफुलाइ बिष्णु अवतार स्वघोषणा गरेका थिए । जनतालाइ रैती बनाएर कजाएका थिए । रानी देखे पाप बाहुनी छोए पाप भनेर समाजमा लैङ्गकि र बर्गिय विभेद सृजना गरेका थिए ।मानिस–मानिस बिच जातिय विभेद र छुवाछूत प्रथाको शुरुआत र निरंतरता दिएका थिए । जुम्लिलाई राजापुर र ताउलाखर को नुन बोक्न भोट मदेश पुग्न बाध्य पारेका थिए । औषधि , उपचार र खाद्यान्न को अभाब झेल्नु परेको थियो । शिक्षाको अबस्था एकदम नाजुक र खास गरि महिलाहरु पुर्ण निरक्षर नै थिए । महिला सशक्तीकरण को अभ्यास नै थिएन । हाम्री आमा, दिदी , बहिनिहरु चुलोचौकोमा सिमित थिए । थिचोमिचो र उत्पीडनमा थिए । बहुबिबाह ,बालबिबाह बलात्कार र यौनशोषणले समाज आक्रान्त थियो । समाजमा ऎन कानुन थिएन सामान्तको हुकुम चल्दथ्यो । अड्डा अदालतमा जनताको पहुँच थिएन । जुम्लिहरु हटारुको रुपमा एकसरो कपडा फेर्न मुग्लान भारतका गल्ली गल्ली र कालापाहाड पुग्नु पर्थ्यो । महिनौं र दर्जनौं दिनसम्म भारी बोकि हिड्नु पर्थ्यो ।
यातायात र संन्चार सुन्य थियो । गाउँभरिमा पढेलेखेका मान्छेहरुको कमि हुन्थ्यो । नोकरी रोजगारी अधिकांस जुम्लिका दरसन्तानमा कोहि पनि थिएनन । गाउँ बस्तिमा पैसा कसैसँग हुदैन्थ्यो उनकै बाउबाजेका रंगिन फोटो अंकित रुपैयाका नोटहरु आक्कल झुक्कलमा गाँउका हजारिया सामन्त र मुखियाँकहा गरिबले देख्न मात्र पाइन्थ्यो । जनतामा क्रय शक्ति थिएन । बिलासिताको बस्तु जुन सामान्तहरुको पहिरनमा देख्न पाइन्थ्यो । सुन सस्तो थियो तर दैनिक भोगछाक संग प्रयोग हुने अतिआबश्यक बस्तु नुन सामान्तका पाला असाध्यै महँगो थियो । तीन भाग मार्सि चामल संग एक भाग नुन बिनिमय गरिन्थ्यो ।
त्यही नुन तेल र आङढाक्ने लुगाफाटोको जोहो गर्न बाबा लगायत सिंगो सिंजा मुग्लान हालको पुर्बमेची देखि पश्चिम महाकाली सम्मका तराई भेगमा अधिकांस देश भन्ने ठाउँमा ( भारत ) अनिबार्य हाट जानू पर्थ्यो | सिर्फ अशक्त अपांग र बूढो बाटुलो बाहेक । सारा गाउँबस्ती मंशिर देखि चैत्र सम्म जवान पुरुष बिहिन नै हुन्थे । गाउँमा सामान्त र मुखियाको रजाइ हुन्थ्यो । गाउँ बस्तिमा कोहि बिरामी ,सुत्केरी हुदा मर्ने बाँंच्ने दैबको खेल र भाग्य दशा मानिन्थ्यो । आमा बाबू र जोई छाराछोरी मरेका रहेछ्न भने चैत्र महिनामा थाहाँ हुन्थ्यो काज किरायाँ गरिन्थ्यो । छोरा जन्मेको रहेछ भने पनि बाउले चैत नै थाहाँ पाउथ्यो । बालो नचाइन्थ्यो र खुशियाली मनाइन्थ्यो । हिउँदको समयमा कोहि मरे भने महिलाले डोकोमा जाकेर सिंगो लास खोलामा फालेर आउथे । बाबाले कोहि पढेलेखेका मान्छेहरु भेटायछ्न भने मुग्लानबाट आफू आराम भएको खबर चिठिमा टिकट टासी पठाउँथे तर गाउँमा त्यो चिठी पढेर सुनाइ दिने मान्छे कोही हुन्नथे धौ धौले भेटिन्थे , त्यही पनि सामान्त र मुखिया सन्तान । बाबाको चिठी पढेर सन्चै छु फागुन महिनाको मसान्तसम्म घर पुग्छु भन्ने खबर सुन्दा आमा खुशीहुन्थिन । हामी भाइ बहिनी रमाउथ्यौं । साउन पुनिको मेला पैठमा नयाँ कपडा लगाएर हेर्न जाने कल्पना गर्थौउ। त्यति बेला को समयमा नै हो बीउ को साथमा ज्युको तुलना गर्ने अर्थात मेरे ज्युदाँको निर्धारण गर्ने । चैत १२ गते मार्सीधान को बिउ बताउँदा जुम्ली घर आएन भने काज किरिया गर्नु पर्थ्यो । बाटो लामो पैदलयात्रा सामलतुमलका साथ परिबारका आबस्यकता र सपना हाटभारी सँगै बोकेर हिड्नु पर्ने हुन्थ्यो । बाटोमा कुटिने, चुटिने ,लुटिने ,मारिने , लड्ने ,ढोल पहिरोमा पर्ने डर त्रास र संभावना उच्च हुन्थ्यो । ।
हालसम्मको जिवित पुस्ता इतिहास को साँची हो । पंचमण्डेलबाट शासित , जनआन्दोलन १ र २ तथा जनयुद्ध लडेर आएको हो । जुम्ली जनताका असीमित दर्दनाक नरकिय पिडाहरु थिए । त्यहाँ न राज्यको कुनै निकायको साथ सयोग हुन्थ्यो न राजा स्वयंमको । युगदेखि युग सम्म जुम्ली जनताका पुर्खौ पुर्खा र पुस्तौं पुस्ताले पाएको याताना र दु:ख कस्ट ,पिडा, बेदनाका बस्तुघटना मानसपटलमा हालसम्म पनि ताजै हुनाले सत्ताच्युत सामान्त बर्गका छायां सम्मलाई पनि जुम्लि जनताहरु प्रतिगमन र प्रतिक्रान्तिको खतरा सम्झी रहेका छ्न । मनमा पुरानै सामान्ती सोच र दृष्टिकोण बाट ग्रसित वा उनिहरुबाट बिर्ता पाई पालित पोषित भएका उनिहरुकै नामबाट रोजीरोटी चलाएका दराखोलाका छोटे सामान्त र मुखियाका सन्तानहरुले पूर्व  राजा र उनका परिवारको चर्चा परिचर्चा गर्नु , उच्च प्राथमिकता दिनु र विष्णु अवतारको रुपै मान्नु स्वभाभिक हो । लोकतान्त्रमा सबैको आस्था र बिचारको सम्मान गरिन्छ । यो नै गणतन्त्र हो ।

__________ बिज्ञापन____________

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

भारत–चीन व्यापारिक समझदारीबारे समाजवादी मोर्चाको आपत्ति, सीमा विषयमा सरकारलाई कूटनीतिक पहलको आग्रह

लिपुलेक अतिक्रमणविरुद्ध पोखरामा पाँच दलको संयुक्त विरोध प्रदर्शन हुने

इतिहासको छाँयामा बर्तमानको स्वागत : जे एस धिताल

नेकपा (माओवादी केन्द्र) अन्नपूर्ण गाउँ समितिको बैठक सम्पन्न

नेपालको युगान्तकारी परिवर्तनमा प्रचण्डको योगदान

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ : अध्यक्ष प्रचण्ड

प्रचण्डमाथिको प्रहार पार्टीमाथिको प्रहार हो:वर्षमान पुन `अनन्त´

सिन्धुपाल्चोकका ‘अजित’ माओवादी केन्द्रमा पुनः सक्रिय