Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

एमाले सचिवालयमा विस्फोट : ओली, अब तिम्रो समय सकियो!

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं।नेकपा एमालेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि तीव्र असन्तोष र अस्वीकारको गर्जन गरेको छ।
उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले ओलीको राजीनामा लिखित रूपमा माग्दै, पुरानै सोच र स्वेच्छाचारी प्रवृत्तिले पार्टीलाई रसातलमा पुर्‍याएको आरोप लगाएका छन्।

गुण्डुस्थित ओलीको निवासमा बसेको बैठकमा उनीहरूले स्पष्ट शब्दमा भने – अब एमाले पुरानो ओलीवादमा बाँच्न सक्दैन।”
ओलीले उनीहरूको कुरा सुनेर टाउको हल्लाए, तर उत्तर दिन सकेनन्।

पार्टीभित्र दशकौँको निराशा, असन्तोष र भ्रम अहिले विस्फोटको रूपमा फूटिएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि ओलीविरुद्धको पंक्तिमा खुलेर उभिएका छन्।
एक पदाधिकारीका शब्दमा — “ओलीले सुनिरहेका थिए, तर पार्टी उहाँको मौनतामा जलिरहेको थियो।”

शाक्य र ज्ञवालीले लिखित दिएको दस्तावेजमा उल्लेख छ –

 नेतृत्वले पार्टीलाई आफ्नो निजी गुटको औजार बनायो, आलोचना सहने साहस हरायो। अब नयाँ सोच, नयाँ पुस्ता र नयाँ नेतृत्वको अपरिहार्यता देखिएको छ।”

 

शाक्यले पत्रकारसँग खुलेरै भनेकी थिइन् –

 महाधिवेशनले नेतृत्वको भविष्य टुंग्याओस्। अध्यक्ष ओलीले अब बाटो छोड्नुपर्छ र पार्टीको भविष्य नयाँ हातमा सुम्पिनुपर्छ।

 

पार्टीभित्र अहिले दुई धार स्पष्ट बनेका छन् –
एक, ओलीको पुरानो सत्ता–संरक्षण गुट;
र अर्को, पुनर्जागरणको पक्षमा उभिएको सुधारवादी पंक्ति।

बैठकमा महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले ओलीको बचाउ गर्ने प्रयास गरे पनि बहुमत नेताहरूको स्वर ओलीविरोधी बन्यो।
पार्टी केवल एक व्यक्तिको अहंकारका कारण संकटमा छ,” एक पदाधिकारीले पोखरा प्रेसलाई भने, “अब नेतृत्व पुस्तान्तरण अनिवार्य भएको छ।

पार्टीभित्र असन्तुष्टि यति बढेको छ कि वरिष्ठ नेताहरूले ‘ओली युग अन्त्यको संकेत’ भन्दै आगामी महाधिवेशनमै नयाँ नेतृत्वको तयारी सुरु गरेका छन्।

ओली पक्षका नेताहरूले परिस्थिति नियन्त्रणमा रहेको दाबी गरे पनि वास्तविकता उल्टो छ –
सचिवालय बैठकमा ओलीको मौनता र नेताहरूको आक्रोशले स्पष्ट सन्देश दिएको छ :
अब एमालेमा ओलीको कुर्सी डगमगाएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्