Skip to content
Janadisha Logo
१७ फाल्गुन २०८२, आईतवार

अमेरिकाद्वारा भेनजुएलामाथि सैन्य आक्रमण, राष्ट्रपति मादुरो नियन्त्रणमा परेको बीबीसीको दाबी

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं । बीबीसीले जनाएअनुसार अमेरिकाले भेनजुएलामाथि भीषण सैन्य आक्रमण गर्दै त्यहाँका राष्ट्रपति निकोलास मादुरो तथा प्रथम महिलालाई नियन्त्रणमा लिएको छ। भेनजुएला कम्युनिस्ट राष्ट्र भएकै कारण अमेरिकाले यस्तो कदम चालेको आरोप लगाइएको छ।
समाचारमा भनिएअनुसार अमेरिकी सैन्य आक्रमणले भेनजुएलाको स्वाधीनता, सार्वभौमिकता र अखण्डतामाथि गम्भीर हस्तक्षेप भएको छ। अन्तर्राष्ट्रिय कानुनविपरीत गरिएको यस प्रकारको मिसाइल आक्रमणलाई विश्व समुदायले गम्भीर रूपमा लिनुपर्ने अवस्था सिर्जना भएको छ।
विश्लेषकहरूले यस्तो सैन्य आक्रामकताले विश्वलाई तेस्रो विश्वयुद्धको खतरातर्फ धकेल्ने चेतावनी दिएका छन्। विशेष गरी रुस, चीन र उत्तर कोरिया जस्ता शक्तिशाली राष्ट्रहरूको भूमिकालाई यस घटनाले निर्णायक बनाएको बताइन्छ।
यदि यी राष्ट्रहरू मौन बसेमा विश्व राजनीतिमा कम्युनिस्ट शक्तिहरूको अस्तित्व नै चुनौतीमा पर्ने आकलन गरिएको छ। अर्कोतर्फ, अमेरिकी सैन्य हस्तक्षेपको कडा प्रतिकार भएमा यो संघर्ष तेस्रो विश्वयुद्धको रूपमा फैलिन सक्ने खतरा पनि औंल्याइएको छ।
शक्तिशाली राष्ट्रले कमजोर र स्वतन्त्र मुलुकमाथि गरेको यस्तो सैन्य आक्रमण र बर्बरता अस्वीकार्य रहेको भन्दै विश्वभर विरोधका आवाजहरू उठ्न थालेका छन्।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्