Skip to content
Janadisha Logo
१७ फाल्गुन २०८२, आईतवार

नेवाः मिसा पुच कास्कीको झ्व भ्वय भव्य, १५ सय बढीको सहभागिता

भिजिटर संख्या लोड हुदैछ...

पोखरा। नेवाः मिसा पुच कास्कीले शनिबार आयोजना गरेको नेवारी सांस्कृतिक उत्सव झ्व भ्वय भव्य रूपमा सम्पन्न भएको छ। नेवाः खल कास्कीको सहयोगमा नेवा छेँ भवन, भीमसेनटोलमा आयोजित कार्यक्रममा नेवार तथा गैरनेवार गरी १ हजार ५ सयभन्दा बढीको सहभागिता रहेको थियो।
झ्व भ्वयमा सहभागीहरू नेवारी परम्परागत भेषभूषामा सजिएर आएका थिए। वासा सगुनबाट सुरु भई नेवारी परिकार, ग्रेभी तथा अन्त्यमा चुसीफुसीसहितको भोज परम्परागत संस्कारअनुसार पस्किएको थियो। नेवाः मिसा पुच कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले यो उत्सवले नेवारी संस्कार, संस्कृति संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले झ्व भ्वय कार्यक्रम पुस्तान्तरणको कोशेढुंगा भएको उल्लेख गरे।

कार्यक्रममा सांगीतिक तथा सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो। भोज फिस्टेल आईभिएफ फर्टिलिटी सेन्टरको मुख्य प्रायोजन र पोखरा महानगरपालिका वडा नं. ९ को सहयोगमा सम्पन्न भएको हो।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्