संविधान संशोधन
माओवादी केन्द्र
#हेटौँडा #काठमाडौं #सडकअवरुद्ध #वैकल्पिकमार्ग #मकवानपुर
#हिक्मतकुमार कार्की
#स्वास्थ्य बिमा
#सुधिर

मार्क्सवादी दर्शनको प्रादुर्भाव:राजन तिमिल्सिना (सत्यजीत)

क्रान्ति सधैं आत्मसमर्पणका पर्खालहरू भत्काउने चेतनाको आगोबाट जन्मन्छ। इतिहास साक्षी छ-जब-जब शोषणले चरम रूप लिन्छ, तब-तब विचारको महासागर एक नयाँ द्वार खुज्छ। मार्क्सवादी दर्शन त्यही द्वार हो-जहाँ जनताको पीडा, वर्गसंघर्ष, र सामाजिक मुक्ति साकार रूप लिन्छ।

__________ बिज्ञापन____________

मार्क्सवादी दर्शनको जन्म अन्धकार युगको गर्भमा होइन, बरु वैज्ञानिक प्रगतिको गर्जनसहित भयो। अठारौं शताब्दीको प्रकृति विज्ञान-विशेषतः यान्त्रिक विज्ञान-त्यो समयको दार्शनिक सोचमा हावी थियो। जीवनलाई मेशिनझैँ बुझ्ने र समाजलाई स्थिर साँचोमा राख्ने दृष्टिकोण हावी थियो। ऐगेल्सले भनेका छन्:

Advertisement

“भौतिकवादको इतिहास सामाजिक सन्दर्भबिना अपूर्ण हुन्छ।”

तर ती भौतिकवादीहरू समाजको गतिशीलता, वर्गीय अन्तरविरोध र ऐतिहासिक विकास प्रक्रियालाई बुझ्न असमर्थ थिए। उनीहरू ‘वस्तु’ देख्थे तर ‘प्रक्रिया’ चिन्दैनथे। तसर्थ, उनीहरूको सोच अधूरो थियो।

मार्क्स र ऐगेल्सले हेगेलको द्वन्द्ववादबाट सिद्धान्तको गति लिएका थिए, तर त्यो खोक्रो आदर्शवादले ढाकिएको थियो। फायरवाखको भौतिकवादले तात्विक धरातल त दिएको थियो, तर द्वन्द्वात्मक चेतना थिएन। यी दुई विचारलाई मिलाएर मार्क्सले क्रान्तिकरण गरे-द्वन्द्वात्मक भौतिकवादको उदय भयो।

“मार्क्सवाद दर्शनलाई द्वन्द्वात्मक भौतिकवाद भनिन्छ, किनभने प्रकृतिको घटनाहरूको व्याख्या यसले निरन्तरता, अन्तरविरोध, र विकासको ऐतिहासिक गतिमा गर्छ।” ~स्टालिन

यस दर्शनको सार यही हो-सबै वस्तु, विचार, र समाज परिवर्तनशील छन्; उनीहरूको विकास अन्तरविरोध र संघर्षको परिणाम हो।

उन्नाइसौं शताब्दीले विज्ञानमा विस्फोट ल्यायो-डार्विनको विकासवाद, कोशिका संरचनाको सिद्धान्त, ऊर्जाको संरक्षण नियम-यी सबैले प्रकृति स्थिर होइन, निरन्तर रूपान्तरणमा छ भन्ने तथ्य उजागर गरे।

लेनिनले भने:

“वैज्ञानिक समाजवाद विज्ञानकै आधारमा निर्माण भएको दर्शन हो। यो दर्शन तबसम्म अपूर्ण रहन्छ, जबसम्म यो क्रान्तिको अभ्याससँग जोडिँदैन।”

त्यही बेला समाज पनि उथलपुथलमा थियो। औद्योगिक क्रान्ति सँगसँगै श्रमिकहरूको शोषण पनि तीव्र बनाएको थियो। पूँजीपतिहरूको चम्किलो महल जनताको रगतबाट बनेका थिए।

मार्क्सले भने-“दार्शनिकहरूले यस विश्वको विभिन्न तरिकाले व्याख्या गरेका छन्, तर अब समय आएको छ यो बदल्ने बेला हो।” यही चेतना हो, जसले मार्क्सवादी दर्शनको बीजारोपण गर्‍यो।

मार्क्सवादले सामाजिक घटनाहरूलाई मनोगत होइन, भौतिक आधारबाट बुझ्न सिकायो। समाजको रूपान्तरण कुनै ‘महापुरुष’को अनुकम्पाबाट होइन, जनताकै संघर्ष र श्रमबाट हुने कुरा स्पष्ट गर्‍यो।

मार्क्सले सामाजिक उत्पादन प्रणालीलाई इतिहासको निर्णायक शक्तिका रूपमा विश्लेषण गरे। अतिरिक्त मूल्यको सिद्धान्तले पूँजीवादको मूल शोषणकारी संरचना उदांगो पारिदियो। यहाँबाट वर्ग संघर्ष अपरिहार्य हुन्छ।

लेनिनले भन्छन्:

“मार्क्सवाद एक जीउँदो विज्ञान हो, जसलाई मृत ग्रन्थ बनाउनु क्रान्तिको घात हो।”

मार्क्सवाद आज पनि जति सजीव छ, त्यो त्यसको व्यावहारिकता र वैज्ञानिक गहिराईकै कारण हो।

मार्क्सवादी दर्शन कुनै एक व्यक्तिको व्यक्तिगत विचार होइन-यो विज्ञान, इतिहास, र संघर्षको सम्मिश्रण हो। यसले जनतालाई ‘शक्ति’ मात्र होइन, चेतना पनि दिन्छ। यही चेतनाबाट क्रान्तिको यात्रा सुरु हुन्छ। आज पनि, जहाँ अन्यायको जरो फैलिएको छ, त्यहाँ मार्क्सवादको क्रान्तिकारी बिरुवा उम्रिन सक्छ।

यसै सन्दर्भमा चे ग्वेभारा भन्छन्:

“हामीलाई नयाँ मानिस चाहिन्छ-जो आफ्नो अन्तस्करणबाट क्रान्तिकारी होस्, जसका लागि अन्याय सहनु पाप होस्।”

पूर्वमार्क्सवादी दर्शनको सीमा र वैज्ञानिक खोजको प्रारम्भ: मार्क्सवादको अवतरण कुनै आकस्मिक वा एकमात्र व्यक्तिको विलक्षण प्रतिभाको उपज होइन। यो मानव समाज र विज्ञानको विकासक्रमको एक ऐतिहासिक र वैज्ञानिक आवश्यकता थियो। मार्क्स र एंगेल्सको दर्शन त्यति बेलाको ज्ञान, विज्ञान र सामाजिक संघर्षको एक वैज्ञानिक निचोड हो-जसले क्रान्तिको वैचारिक आधार तयार गर्‍यो।

१८औं शताब्दी भित्र विज्ञान अझै शैशव अवस्थामै थियो। यन्त्र विज्ञान (Mechanics) मुख्यतः अति विकसित थियो, जसले दर्शनमा समेत गहिरो प्रभाव पारेको थियो। जीव विज्ञान (Biology) अझै प्रारम्भिक चरणमै थियो। यसै कारणले तिनबेलाका दार्शनिकहरूले जीवित वस्तुलाई पनि यान्त्रिक रूपमा हेर्ने प्रवृत्ति राख्थे। मान्छे पनि एउटा मेसिन हो भन्ने बुझाइ व्यापक थियो।

त्यतिबेला सक्रिय रहेका भौतिकवादी दर्शनकारहरू-जस्तै लामात्रे, होलबाख, डिडरो आदिले भौतिकवादी दृष्टिकोणबाट प्राकृतिक घटनाहरूलाई व्याख्या गर्ने प्रयास गरे, तर उनीहरूको दृष्टिकोण यान्त्रिक र अधिभूतवादी रहिरह्यो।

उनीहरूले प्रकृतिको गति स्वीकारे, तर त्यो गति चक्रीय र सीमित थियो-द्वन्द्वात्मक परिवर्तनको प्रक्रियाबारे उनीहरू अनभिज्ञ थिए। यसकारण, उनीहरूको दर्शन इतिहासको ऐतिहासिक तथा सामाजिक विकासलाई समेट्न असफल रह्यो।

लेनिन भन्छन्:
“द्वन्द्वात्मक भौतिकवाद भनेको प्रकृति, समाज र चिन्तनको विकासको वैज्ञानिक पद्धति हो।”
(Materialism and Empirio-Criticism)

लेनिनको यो भनाइले मार्क्सवादले दृष्टिकोण मात्र होइन, अध्ययनको पद्धति र व्यवहार समेत दिएको पुष्टि गर्छ। मार्क्सले पूँजीवादी समाजलाई वैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गरे। उनले देखे:

श्रमिक वर्गको श्रमबाट अतिरिक्त मूल्य (Surplus Value) निचोरेर मुनाफा उत्पादन हुन्छ।

वर्ग संघर्ष पूँजीवादी समाजको आधारभूत ऐतिहासिक शक्ति हो।

माओ त्सेतुङ्ग भन्छन्:
“वस्तुहरूको अन्तर्विरोध नै परिवर्तनको मूल स्रोत हो।”
(On Contradiction)

माओको यो भनाइले सामाजिक परिवर्तनको उत्प्रेरक शक्ति अन्तरविरोध (contradiction) हो भन्ने कुरा बलियो बनाउँछ, जुन मार्क्सवादको मूल आधार हो।

उन्नाइसौं शताब्दीको मध्यमा जब डार्विनले “विकासवादको सिद्धान्त” दिए, मार्क्सले त्यो सिद्धान्तलाई समाजको संरचना र विकाससँग जोडेर सामाजिक विज्ञानमा क्रान्ति गरे। डार्विनले प्राणीको जैविक विकास व्याख्या गरे भने, मार्क्सले समाजको वर्गीय विकास।

मार्क्सले लेखेका छन्:
“डार्विनको पुस्तकले हामीलाई प्राकृतिक इतिहासको वर्ग संघर्षमा आधार दिन्छ, हामीले त्यो राजनीतिक इतिहासमा लागू गर्छौं।”
(Letter to Engels)
मार्क्सवादी दर्शन केवल विचारको एक प्रणाली होइन, यो व्यवहारमा रुपान्तरण ल्याउने सशक्त साधन हो। उद्योग, विज्ञान र उत्पादन प्रणालीको ऐतिहासिक विश्लेषणमार्फत यो दर्शनले समाजमा कसरी वर्गीय सम्बन्ध विकास हुन्छ भन्ने स्पष्ट पार्छ।

श्रमिक वर्गको स्वतन्त्रता, सशक्तिकरण र शोषणविरुद्धको संघर्षमा यो दर्शन विचारको मात्र हैन, कार्यनीतिक हतियार पनि हो।

स्टालिनले भनेका छन्:
“मार्क्सवादी दर्शन क्रान्तिकारी मात्र नभई वैज्ञानिक पनि हो, त्यसैले यसले भविष्य देख्छ, भविष्य निर्माण गर्छ।”
(Dialectical and Historical Materialism)

त्यसैले, मार्क्सवाद यस्तो दर्शन हो जसले मानिसहरूलाई केवल समाजको उपभोक्ता होइन कि समाजको सक्रिय निर्माणकर्ता बनाउँछ।

मार्क्सवादी दर्शन विज्ञान, इतिहास, समाज र वर्ग संघर्षको क्रान्तिकारी सम्मिश्रण हो। यसको विकास मानव चेतनाको एक ठूलो छलाङ हो, जसले आदर्शवाद, अधिभूतवाद, र अर्धसत्यहरूको खण्डन गर्दै श्रमिक वर्गको मुक्ति र भविष्यको निर्माणको दिग्दर्शन दिन्छ।

“सिद्धान्त, तब मात्र शक्तिशाली हुन्छ जब त्यो जनतामा प्रवेश गर्छ।” – लेनिन

मार्क्सवाद – सिद्धान्त होइन, मानव मुक्ति अभियान हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

भारत–चीन व्यापारिक समझदारीबारे समाजवादी मोर्चाको आपत्ति, सीमा विषयमा सरकारलाई कूटनीतिक पहलको आग्रह

लिपुलेक अतिक्रमणविरुद्ध पोखरामा पाँच दलको संयुक्त विरोध प्रदर्शन हुने

इतिहासको छाँयामा बर्तमानको स्वागत : जे एस धिताल

नेकपा (माओवादी केन्द्र) अन्नपूर्ण गाउँ समितिको बैठक सम्पन्न

नेपालको युगान्तकारी परिवर्तनमा प्रचण्डको योगदान

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ : अध्यक्ष प्रचण्ड

प्रचण्डमाथिको प्रहार पार्टीमाथिको प्रहार हो:वर्षमान पुन `अनन्त´

सिन्धुपाल्चोकका ‘अजित’ माओवादी केन्द्रमा पुनः सक्रिय