काठमाडौँ । तीन विश्वविद्यालय नेतृत्वविहीन बनेका छन् । पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालय उपकुलपति विहीन बनेका हुन् । तिनै विश्वविद्यालयका उपकुलपतिको कार्यकाल सकिएपछि उपकुलपतिविहीन बनेका हुन् ।
सरकारले खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयको उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । सिफारिस समितिले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । तर, मध्यपश्चिम र सुदूरपश्चिमको भने आवेदन प्रक्रिया नै स्थगित गरिएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको हकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल र शिक्षा सचिव सुरेश अधिकारी सदस्य रहेको उपकुलपति सिफारिस समिति बनेको छ । उपकुलपतिका लागि १८ जनाले आवेदन दिएका छन् । उनीहरूले बुझाएको सोच पत्र र चार वर्षे प्रोफेसनल प्लानको मूल्याङ्कनको कार्य भइरहेको समितिले जनाएको छ ।