Skip to content
Janadisha Logo
३१ असार २०८३, बुधबार

अखिल (क्रान्तिकारी) को महासचिव पदमा शिव बस्नेतको उम्मेदवारी

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौँ, माघ १०गते। अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनमा महासचिव पदका लागि शिव बस्नेतले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। देशकै सबैभन्दा बलियो र अनुशासित विद्यार्थी संगठनको रूपमा परिचित अखिल (क्रान्तिकारी) का लागि बस्नेतले कृषि तथा वन विज्ञान विश्वविद्यालयका निवर्तमान अध्यक्षका हैसियतले उम्मेदवारी दिएका हुन्।

बस्नेतले कृषि, भेटेरिनरी, फरेष्ट्री, र फिसरी क्षेत्रको प्रतिनिधित्व गर्दै पहिलो पटक केन्द्रीय महासचिव पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। “पार्टी र संगठनलाई सुदृढ, सक्षम, र व्यवस्थित बनाउँदै देशको शैक्षिक, आर्थिक, सामाजिक, र साँस्कृतिक विकासमा योगदान पुर्‍याउन महासचिव पदमा उम्मेदवारी दिएको छु,” बस्नेतले भने।

उनको नेतृत्वमा एक हजारभन्दा बढी विद्यार्थीलाई संगठित गर्दै उनले संगठनलाई थप गतिशील बनाएका छन्। यसै क्रममा उनले सबै सदस्य, समर्थक, र शुभचिन्तकलाई मतदान गरी आफूलाई विजय गराउन अपिल गरेका छन्।

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन यही माघ १२ गते सुरु हुँदैछ। यसअघि मंसिर १३ मा सम्मेलनको उमेरहद ३२ वर्ष निर्धारण गर्ने प्रस्ताव पारित भएपछि सम्मेलनको तयारी तीव्र भएको हो।

महासचिव पदका लागि शिव बस्नेतसहित १० जनाले उम्मेदवारी दिएका छन्। बस्नेतले विद्यार्थी संगठनलाई पार्टीको मेरुदण्ड बनाउने संकल्प व्यक्त गर्दै यो चुनावले संगठनलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्