Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

पोखरामा रक्तिम विविध जनसाँस्कृतिक कार्यक्रम हुँदै

भिजिटर संख्या लोड हुदैछ...

पोखरा, ९ असोज। रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको आयोजनामा पोखरा सभागृहमा असोज १६ गते ‘रक्तिम विविध जनसाँस्कृतिक कार्यक्रम’ हुने भएको छ। कार्यक्रममा जनगायक जीवन शर्माको विशेष प्रस्तुति रहनेछ।

कार्यक्रममा नारायण योगी, नारायण शर्मा, निलिमा पुन, दल बहादुर बिक, मान बहादुर भण्डारी, उदय रिजाल, डम्बर भण्डारी, भरत श्रेष्ठ, शरद लामिछाने, दिलमाया पुन, धन बहादुर थापा, काजी गाउँले, अनिस योञ्जन, शुशिला थापा, पम्फा बन्जाडे, ज्योति फौजा, प्रतिभा शर्मा, केशव राना, सुजन थापा, अनु शर्मा, कृति पुन, बिमला सापकोटा, जुना थापा, बेलि सिंजाली, डेविड गुरुङ्ग, नर बहादुर गुरुङ्ग, पुजन गुरुङ्ग, गिनिज बुढा, प्रशंसा थापा, र हिमांशु ओलीले आ–आफ्ना प्रस्तुति दिए।

कार्यक्रम दिउँसो २:०० बजेबाट सुरु हुनेछ। आयोजकका अनुसार कार्यक्रमले नेपाली संस्कृति, कला र संगीतलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बिश्वास लिएको छ। देशमा भएका हरेक राजनीतिक आन्दोलन र परिवर्तनहरुमा रक्तिमले गीत, सङ्गीत र साहित्यको माध्यमबाट महत्वपूर्ण योगदान पुराउँदै आएको छ । गायक जीवन शर्माले दिएको जानकारीअनुसार २०४३ चैत्र २६ गते विभिन्न जिल्लाबाट काठमाडौँमा अध्ययन गर्न आएका प्रगतिशील साँस्कृतिककर्मीको भेला काठमाडौँको घण्टाघरमुनि सम्पन्न भएको थियो । सोही भेलाले सङ्गठनको नाम रक्तिम साँस्कृतिक अभियान तय गर्दै ९ सदस्यीय समिति गठन गरेको थियो । भेलाले गायक शर्मालाई अध्यक्षमा चयन गरेको थियो भने सदस्यमा झोकेन्द्र थापा, राधा बुढाथोकी, कृष्ण अर्याल, पार्वती भट्टराई र सुजता गुरुङलगायत रहेका थिए ।

 

 

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्