Skip to content
Janadisha Logo
९ भाद्र २०८३, मंगलवार

लगातार वर्षाले किस्ट अस्पताल डुबान, उपत्यकाको जनजीवन प्रभावित

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं, १२ असोज। ललितपुरको किस्ट अस्पतालको पर्खाल भत्किँदा कर्मनाशा खोलाको पानी अस्पताल परिसरमा पसेको छ। स्थानीय प्रहरीका अनुसार अस्पतालको तल्लो तलामा पानी पसेपछि बिरामीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

लगातारको वर्षाका कारण स्थानीय खोला र नदीबाट पानी बस्तीहरूमा पसेको प्रहरीको भनाइ छ। प्रहरीले माइकिङ गरेर स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

पछिल्ला २४ घण्टादेखि निरन्तर भइरहेको वर्षाले उपत्यकाको जनजीवन प्रभावित भएको छ। उपत्यकाका विभिन्न नाका र सडकहरू अवरुद्ध भएका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार फर्पिङ क्षेत्रमा पहिरो खसेको छ।

यस्तै, भक्तपुरको कटुन्जेमा घट्टेखोलाको बहाव बढ्दा स्थानीयको घरमा पानी पसेको छ। उपत्यकाका प्रायः सबै खोला र नदी किनाराका बस्तीहरूमा पानी पसेको र स्थानीयलाई सुरक्षित रहन माइकिङ गरिएको प्रहरीले जानकारी दिएको छ।

 

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्