Skip to content
Janadisha Logo
२६ जेष्ठ २०८३, मंगलवार

सङ्क्रमणकालीन गम्भीर अपराधमा आममाफी नदिइने: प्रधानमन्त्री ओली

भिजिटर संख्या लोड हुदैछ...

बोस्टन,१२ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र द्वन्द्वकालका गम्भीर अपराधहरूमा आममाफी नदिइने स्पष्ट पार्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर बोस्टन आइपुग्नुभएका प्रधानमन्त्रीले हावर्ड विश्वविद्यालयमा सम्बोधन गर्दै, हालै संसदले पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनले पीडितका अधिकारको रक्षा गर्ने बताउनुभयो।

उहाँले शान्ति प्रक्रियामा नेपालले आफैं नेतृत्व गरेको र बाँकी कामहरू अघि बढ्ने उल्लेख गर्नुभयो। द्वन्द्वकालका घाउहरू निको पार्न र मेलमिलापमा अगाडि बढ्न नेपाल कटिबद्ध रहेको उहाँले बताउनुभयो।

विद्यार्थीहरूको प्रश्नमा, प्रधानमन्त्रीले विदेशबाट फर्कने युवाको पनि ठूलो संख्या रहेको र स्वदेशमा रोजगारीका अवसर वृद्धि गर्न ‘स्टार्ट अप’ कार्यक्रम अघि सारिएको जानकारी दिनुभयो।

 

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्