Skip to content
Janadisha Logo
३२ असार २०८३, बिहीबार

राष्ट्रियता जागरणका लागि पोखरामा रक्तिम सांस्कृतिक कार्यक्रम

भिजिटर संख्या लोड हुदैछ...

पोखरा, ११ असोज। रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिले गीतसंगीतमार्फत् राष्ट्रियताको पक्षमा जनचेतना फैलाउन रक्तिम विविध जनसांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।अभियानका केन्द्रीय संयोजक नारायण शर्माका अनुसार, असोज १६ गते पोखरा सभागृहमा सामना सांस्कृतिक परिवारसँगको सहकार्यमा कार्यक्रम गरिने छ। कार्यक्रममा अग्रज गायक जीवन शर्मासहित रक्तिमको केन्द्रीय टोली र सामना परिवारका ३० जना कलाकारहरूको विविध सांस्कृतिक प्रस्तुति रहने छ।

संयोजक शर्माले नारायण योगी, नीलिमा पुन, काजी गाउँले, सुशीला थापा, दलबहादुर विक लगायतका कलाकारहरूको प्रस्तुति हुने र बागलुङ पोखरा मगर समाजको नौमती बाजा समूहले विशेष प्रस्तुति दिने जानकारी गराए। सांस्कृतिक कार्यक्रम तामाङ सेलो, टप्पा, र सालैजो जस्ता परम्परागत गीतहरूमा केन्द्रित हुने बताइएको छ।

शर्माले देशको राष्ट्रिय संस्कृति संकटमा परेकोले यसलाई जोगाउन र राष्ट्रियता तथा जनजीविकाका मुद्दामा जनचेतना बढाउन सांस्कृतिक जागरण आवश्यक रहेको बताए। पाश्चात्य संस्कृतिको प्रभाव रोक्न र जनताको जागरणका लागि यस्तो कार्यक्रमको महत्त्व रहेको उहाँको धारणा छ।

रक्तिम सांस्कृतिक अभियानका महासचिव उदय रिजालले पनि छाडा संस्कृतिको प्रभावलाई रोक्न जनवादी गीत-संगीतको भूमिका महत्वपूर्ण रहेको बताए। कार्यक्रममा जनमुखी चेतना जगाएर समाजमा सही दृष्टिकोण निर्माण गर्दै राष्ट्रप्रेमको भावना जागृत गर्ने उद्देश्य रहेको जनाइएको छ।

 

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्