Skip to content
Janadisha Logo
३० चैत्र २०८२, सोमबार

सिस्नेरीमा पहिरोले पुरिएर एन्फा एकेडेमीका ६ विद्यार्थीको मृत्यु

भिजिटर संख्या लोड हुदैछ...

हेटौँडा, १२ असोज। मकवानपुरको सिस्नेरीस्थित एन्फा एकेडेमीका ६ जना विद्यार्थीको शव भेटिएको छ। पहिरोमा पुरिएका ती विद्यार्थीहरूको शव उद्धार गरेर काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, कुलेखानी जलविद्युत आयोजनाको इन्द्र सरोवर भरिएपछि शनिवार बिहान जलाशयका ढोका खोल्दा विद्यालयको छात्रावासबाट सुरक्षित स्थानतर्फ सार्ने क्रममा उनीहरू पहिरोमा परेका थिए।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए अनुसार, क्याम्पमा रहेका अन्य ३४ विद्यार्थी सुरक्षित रहेका छन्, जसलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको छ। वल्सलादेवी माविमा सञ्चालित उक्त एन्फा एकेडेमीमा कुल ४० जना विद्यार्थी प्रशिक्षणमा रहेका थिए।

 

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्