Skip to content
Janadisha Logo
९ भाद्र २०८३, मंगलवार

म्याग्दे गाउँपालिकाका विद्यालयहरू नियमित सञ्चालन हुने

भिजिटर संख्या लोड हुदैछ...

तनहुँ, १३ असोज। हालैका दिनमा भएको अविरल वर्षाका कारण उत्पन्न विपद्को अवस्था सामान्य बन्दै गएको भन्दै म्याग्दे गाउँपालिकाले आफ्ना क्षेत्रभित्रका सबै विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनलाई समेत ध्यानमा राखी,  गाउँपालिकाका उच्च पदाधिकारीहरूले विपद् व्यवस्थापनको लागि विद्यालयहरूको प्रयोग गर्नुपर्ने कुनै आवश्यकता नरहेको र मौसम पनि क्रमिक रूपमा सुधार भइरहेको बताएका छन्।
यद्यपि, गाउँपालिकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालय प्रमुखहरूलाई आ-आफ्ना विद्यालयको भौतिक संरचना र विद्यार्थीहरूको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ। साथै, कुनै पनि अप्रिय घटना घटेमा तत्काल गाउँपालिकाको विपद् व्यवस्थापन शाखामा खबर गर्न पनि अनुरोध गरिएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्