Skip to content
Janadisha Logo
१८ जेष्ठ २०८३, सोमबार

“सरकारको उदासीनता र विपद् व्यवस्थापनमा कमजोरीप्रति किसान महासंघको कडा आलोचना”

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं,१४ असोज। देशका विभिन्न ठाउँमा जनधनको ठुलो क्षति भएको भीषण बाढीपछि प्रभावित क्षेत्रको अवस्था भयावह बन्दै गएको भन्दै नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल  किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले सरकारको उदासीनता र विपद् व्यवस्थापनमा देखिएको कमजोरीको चर्को आलोचना गरेको छ।
महासंघले जारी गरेको विज्ञप्तिमा कार्यवाहक प्रधानमन्त्री र रक्षामन्त्रीको अनुपस्थिति, गृहमन्त्रीको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति र सरकारको ढिलासुस्तीप्रति गम्भीर आपत्ति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “विपद्को यस्तो घडीमा सरकारका उच्च पदस्थ व्यक्तिहरूले भद्दा मजाक गरेर समय बिताउनु र प्रभावित जनताको पीडामाथि नुनचुक छर्किनु दुःखद हो।”


महासंघले सरकारलाई तत्काल प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पार्न, राहत वितरणलाई प्रभावकारी बनाउन र क्षतिपूर्ति दिने व्यवस्था मिलाउन जोडदार माग गरेको छ। साथै, महासंघले भविष्यमा यस्ता विपत्तिबाट बच्न आवश्यक पूर्वतयारी गर्न र पर्यावरणमैत्री विकासको मोडेल अपनाउन सरकारसँग आग्रह गरेको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्