Skip to content
Janadisha Logo
२६ जेष्ठ २०८३, मंगलवार

बाढी पीडितको उद्धारमा जुटे सांसद दाहाल

भिजिटर संख्या लोड हुदैछ...

सिन्धुली,१५ असोज।  सुनकोशी गाउँपालिकामा हालै आएको बाढीबाट प्रभावित भएका स्थानीयवासीलाई राहत वितरण गरिएको छ। संघीय सांसद राजन दाहालको नेतृत्वमा गएको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी पीडित परिवारलाई राहत वितरण गरेको हो।
टोलीमा गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोइराला र प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीलगायत स्थानीय जनप्रतिनिधि र कर्मचारीहरूको उपस्थिति रहेको थियो।
बाढीले बगाएका घर, बालीनाली र भौतिक संरचनाको अवस्थाबारे जानकारी लिएर पीडितहरूलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ। स्थानीय सरकारले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने बताइएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्