Skip to content
Janadisha Logo
४ माघ २०८२, आईतवार

प्रचण्डसहित नेताहरू वर्षा प्रभावित क्षेत्रमा, पार्टीले सरसफाइ अभियान तीव्र पार्ने

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं,१५ असोज। पछिल्लो समय भएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानमा डुबान भएको छ। यस विपद्को घडीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पार्टीका पदाधिकारीहरू प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा पुगेर राहत तथा उद्धार कार्यमा जुटेका छन्।
पार्टीले विपद् व्यवस्थापन विभागको नेतृत्वमा सबै विभाग र मोर्चा परिचालन गरी प्रभावित क्षेत्रमा सरसफाइ अभियानलाई तीव्र पारेको छ। पार्टीले सम्पुर्ण कार्यकर्ताहरुलाई  आ-आफ्नो क्षेत्रमा खटिएर अभियानमा सहभागी हुन निर्देशन दिइएको छ।
आज दिउँसो अध्यक्ष प्रचण्डले उपत्यकाका विभिन्न स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको छ। उनले बल्खु सुकुम्बासी बस्ती, ललितपुरको नख्खु र भक्तपुरको हनुमन्ते क्षेत्रको निरीक्षण गर्नेछन्।
थप जानकारीका लागि विपद् व्यवस्थापन विभाग प्रमुख सुर्य सुबेदी पथिक (९८५११७४५९२) लाई सम्पर्क गर्न सकिनेछ।माओबादी पार्टीको सकरात्मक यो अभियान सैको लागि प्रेरणादायी हुनेमा
सराहनीय कदम भएको बिज्ञहरुले बताएका छन्। यसले अन्य दल तथा सरोकारवालालाई पनि प्रेरणा मिलोस् भन्ने अपेक्षा गरिएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्