Skip to content
Janadisha Logo
३१ असार २०८३, बुधबार

त्रिशूली नदीको झोलुङ्गे पुलमा अड्किएको रुख हटाइयो

भिजिटर संख्या लोड हुदैछ...

गोरखा, १५ असोज। गोरखाको सहिद लखन गाउँपालिका वडा नं ३ सिलिङटार र चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ चेरेस जोड्ने त्रिशूली नदीको झोलुङ्गे पुलमा अड्किएको रुख हटाइएको छ।
गत १२ गते आएको बाढीले पुलमा रुख अड्किएपछि स्थानीयवासीको आवतजावतमा कठिनाइ भएको थियो। यस समस्या समाधानका लागि गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालको समन्वयमा सिलिङटारका स्थानीय बासिन्दा, शसस्त्र प्रहरी बल कुरिनटार, नेपाली सेना, नेपाल प्रहरी, मनकामना दर्शन प्रा. लि. र स्थानीय जनप्रतिनिधिहरूको सक्रियतामा रुख हटाउने काम सम्पन्न भएको हो।
प्रजिअ दाहालले यस प्रकोपको बेलामा सबै सरोकारवाला निकाय र स्थानीयवासी मिलेर काम गरेकोमा खुसी व्यक्त गर्दै सबैलाई धन्यवाद दिनुभएको छ। उहाँले यस प्रकारको विपद्को समयमा एकता प्रदर्शन गर्न सबैलाई आह्वान गर्नुभएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्