Skip to content
Janadisha Logo
११ असार २०८३, बिहीबार

माओवादी केन्द्र सिन्धुलीको जन सेवा फाउन्डेसनबाट बाढी पीडितलाई ५० हजारको राहत

भिजिटर संख्या लोड हुदैछ...

सिन्धुली,१६ असोज। नेकपा माओवादी केन्द्र सिन्धुलीमा आबद्ध जन सेवा फाउन्डेसनले बर्खायाममा आएको बाढीबाट प्रभावित परिवारहरूलाई राहत प्रदान गरेको छ।
फाउन्डेसनका तर्फबाट प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल र फाउन्डेसनकी अध्यक्ष दीपा बोहोरा दाहालले प्रमुख प्रशासकीय अधिकृतलाई रु. ५०,००० को चेक हस्तान्तरण गरेका छन्। यो रकम एकद्वार प्रणाली विपद् व्यवस्थापन कोषमार्फत बाढी पीडितहरूलाई पुर्‍याइने बताइएको छ।
यस सहयोगप्रति पीडित परिवारहरू र स्थानीय समुदायले माओवादी केन्द्र सिन्धुली र जन सेवा फाउन्डेसनलाई धन्यवाद ज्ञापन गरेका छन्।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्