Skip to content
Janadisha Logo
१० जेष्ठ २०८३, आईतवार

प्रचण्ड पनौतीका बाढीपिडीतहरुसँग

भिजिटर संख्या लोड हुदैछ...

काभ्रे,१६ असोज । केही दिनअघिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा भएको बाढीपहिरो र डुबानबाट प्रभावित क्षेत्रको स्थलगत अनुगमनका क्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज काभ्रे पुगेका छन्।
सबैभन्दा बढी प्रभावित जिल्लाका रूपमा रहेको काभ्रेको पनौती नगरपालिका वडा नं. १२ स्थित पलाती भुमिडाडा पुगेर प्रचण्डले स्थानीयबासीसँग भेटघाट गरी क्षतिको अवस्थाबारे जानकारी लिएका छन्। उनले बाढीपहिरोबाट प्रभावित परिवारलाई सरकारले राहत र पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने बताएका छन्।
प्रचण्डले भने, “यस विपत्तिमा परेका परिवारलाई सरकारले सम्भव भएसम्म सबै प्रकारको सहयोग गर्नेछ। हामी सबै मिलेर यो विपत्तिबाट उठ्नेछौँ।”
स्थानीयबासीहरूले आफूहरूको घरबार गुमाएको र जीविकोपार्जनका लागि समस्या भएको गुनासो गरेका छन्। प्रचण्डले उनीहरूको गुनासो सुनेर सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने बताए।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्