Skip to content
Janadisha Logo
९ भाद्र २०८३, मंगलवार

त्रिशुली नदीको बाढीले बगाएको एक्साभेटर भेटियो

भिजिटर संख्या लोड हुदैछ...

गोरखा,१८असोज। गत शनिबारको अविरल वर्षापछि आएको बाढीले बगाएको सुपर त्रिशुली हाइड्रोपावरका उपकरणहरू मध्ये एक एक्साभेटर फेला परेको छ। नदीको बहाव घटेसँगै उक्त एक्साभेटर सोही स्थानमा भेटिएको हो।
यसअघि बाढीले आयोजनाका तीनवटा टिपर, एक लोडर र दुईवटा एक्साभेटर बगाएको थियो। बाँकी उपकरणहरूको खोजी कार्य जारी रहेको आयोजनाले जनाएको छ।
यस घटनाले सुपर त्रिशुली हाइड्रोपावर आयोजनाको निर्माण कार्यमा केही अवरोध पुग्ने देखिएको छ। यद्यपि, आयोजनाले क्षति भएका उपकरणहरूको पुनर्स्थापना गरी निर्माण कार्यलाई निरन्तरता दिने बताएको छ।
जलविज्ञहरूका अनुसार पछिल्ला दिनहरूमा भइरहेको अत्यधिक वर्षाका कारण नदीहरूमा पानीको सतह बढ्ने क्रम जारी रहेको छ। यसले गर्दा यस्ता प्रकारका घटना दोहोरिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन। उनीहरूले यस्ता प्राकृतिक प्रकोपको सामना गर्नका लागि आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन्।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्